प्रदेश सरकार र आन्दोलनकारीबीच ३ बुँदे सहमति

 लिम्बुवान न्युज
                       


विराटनगर, ११ फाल्गुन । १ नम्बर प्रदेश सरकार र प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिबीच दोस्रो चरणको वार्ता ३ बुँदे सहमति गर्दै सकिएको छ ।
विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार सम्पन्न वार्तामा तेस्रो चरणको वार्तामा दुवै पक्ष निचोडमा पुग्नेगरी तयारी गरेर आउने सहमति भएको हो । फाल्गुनसम्ममै वार्तालाई निष्कर्षमा पु¥याउने दुवै पक्षले बताएका छन् ।
पहिलो चरणमा भएको वार्ताको सहमति अनुसार बुँदा नम्बर ३ र ४ लाई सरकारी पक्षले फागुन मसान्तभित्र कार्यान्वयन गर्ने सहमति भई वार्तापछि दुवै पक्षले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ । सो बुँदाहरुमा आन्दोलनका क्रममा पक्राउ परेका, मुद्दा लागेका आन्दोलनकारीको मुद्दा फिर्ता लिने र आन्दोलनका क्रममा घाइँते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने उल्लेख छ ।
दुई दिन बसेको पहिलो दोस्रो चरणको वार्ताको दोस्रो दिन माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । सहमति कार्यान्वयनको लागि दुवै पक्षले २–२ जना सदस्य रहनेगरी कार्यदल गठन गर्ने बुधबारको वार्तापछि सहमति जुटेको हो ।
वार्तामा सरकार पक्षका वार्ता संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु, उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री, आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सहभागी थिए ।

सम्बन्धित समाचार

लिम्बू कथानक चलचित्र ‘सेमिफुङ’को पोस्टर सार्वजनिक

ललितपुर, ३ फाल्गुन । लिम्बू कथानक चलचित्र 'सेमिफुङ'को पोस्टर सार्वजनिक भएको छ । शनिवार याक्थुङ फिल्म्स प्रा.लि.ले  पहिलाे पाेस्टर सार्वजनिक गरेको हो । निर्देशक रवि सेर्माकाे निर्देशनमा बनेकाे याे चलचित्र याक्थुङ फिल्मस् प्रालिकाे व्यानरमा निर्माण...

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ शुरूः १० दिन चल्ने

दमक, २ फाल्गुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र...

दिपेन्द्र शिखर इलामले चुम्याे ‘पवित्रहाङमा गोल्ड कप २०८१’ काे उपाधी

दमक, २ फाल्गुन । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई...

निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक...