थोक्ला कविताको परिचर्चा

 लिम्बुवान न्युज
                       

मेयङलुङ, तेह्रथुम/ तेह्रथुम सदरमुकाम मेयङलुङ बजार स्थित किरात याक्थुङ चुम्लुङ हिममा भगिश्वर तेयुङ मनोजले लिम्बू भाषामा लेख्नुभएको कविता संग्रह थोक्लाको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लिम्बू मौलिक संस्कार र संस्कृतिको उठान गरेर लेखिएको कविता थोक्लाले विशेष चर्चा पाइरहेको समयमा तेह्रथुममा पनि विभिन्न विद्वानहरु मार्फत यसको विमर्श गर्ने कार्यक्रम सम्पन्न भएको हो ।

थोक्ला लिम्बू समुदायको एउटा पुरानो संस्कृति हो । यो आर्थिक तथा पारिवारिक र नातागोता बिच सम्बन्धको प्रगाढता संग पनि प्रतिबिम्बित छ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम, लिम्बुवान अध्ययन केन्द्र तेह्रथुम र कियाचु लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान तेह्रथुमको आयोजनामा गरिएको चर्चा कार्यक्रमको सुरुवातीमा सर्जक भगिश्वर तेयुङ मनोजले आफ्नो कविता लेखनको अनुभव, विम्बको छनौट, सामाजिक परिघटना लगायत अनुभुतीहरु व्यक्त गर्दै कविता वाचन गरेर कार्यक्रमको उठान गरिएको थियो ।

थोक्ला कविताको समिक्षात्मक चर्चा लिम्बू भाषामा स्नातक तहको विद्यार्थी तथा श्रीजुङ माबिका शिक्षक शेर बहादुर योङहाङ र श्रीजुङ माबिका शिक्षक एवं लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान तेह्रथुमका सदस्य हाङनारायण हुक्पा चोङबाङले गर्नुभएको थियो । उहाहरुले थोक्ला लिम्बू समुदायको रितिरिवाज र संस्कृति संग सम्बन्धित भएकोले लेखकले सरल, यथार्थ, व्यवहारीक संस्कृति प्रेममा आधारित भएर कविता लेख्नुभएको उल्लेख गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम सम्बाहाङफेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट मन्तव्य तथा पुस्तक चर्चा गर्दै थोक्ला चेली माइती बिचको आत्मीयता र आर्थिक पक्ष संग जोडिएकोले यसको मौलिकतालाई वास्तविक चित्रण लेखकले गरेको उल्लेख गर्नुभएको थियो । त्यसैगरी अहिले यो थोक्ला लोपोन्मुख भएको कारण यस कविता मार्फत पुरानो भोगाइ र मिठास पनको सम्झना गराएको बताउनुभएको थियो । उहाले भन्नुभयो कवितामा समावेश भएका सबै कविताहरु अतीत सम्झाउने सिर्जना रहेछन । यसले पाठकहरु समेतलाई आनन्द दिलाउने कुरा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरु कियाचु लिम्बुवान प्रदेश समिति उपाध्यक्ष तथा लिम्बुवान अध्ययन केन्द्र तेह्रथुम अध्यक्ष टंक माया तिगेला आदिवासी जनजाति महासंघ तेह्रथुम अध्यक्ष बलदेव तुम्बाहाङफे, घनस्याम सावादेन, राम तुम्बाहाङ्फे लगायतले थोक्लाको चर्चा गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षता र कवि तथा कियाचु लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान तेह्रथुम सदस्य नरेन्द्र खापुङ संयमले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...