झापा गाेल्डकपकाे खेल तालिका सार्वजनिक

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १६ फागुन । झापाको बिर्तामोडमा यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज बुधबार सार्वजनिक गरिएको छ ।यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ । त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम ९एनआरटी ० सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ ।झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ । नेपाल...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...