इतिहास सच्चाउन माग गर्दै फाेनिजकाे ७ दिने अल्टिमेटम

,   लिम्बुवान न्युज
                       

विर्तामाेड, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ ।

विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार नगरेर श्रेष्ठ भन्दा पछिका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष कायम गरिएको भन्दै फोनिज देशब्यापी आन्दोलनमा रहेको छ ।

७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजले देशभरका शाखाहरुबाट अल्टिमेटम दिएको हो । माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने बताइएको छ ।

देशब्यापी रुपमा आन्दोलनमा रहेको फोनिजले पत्रकार महासंघलाई अल्टिमेटम दिने क्रममा मंगलवार फोनिज झापा शाखाले पनि अल्टिमेटम सहित ज्ञापन–पत्र बुझाएको हो ।

फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बू, सचिव तिलक योञ्जन, संस्थापक अध्यक्ष दिपिन राई, पूर्व अध्यक्षहरु रमेश शमदर्शी राई, इन्द्रजित मुखिया, बिशाल नेम्वाङलगायत फोनिज पत्रकारहरुको समुहले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई अल्टिमेटम सहित ज्ञापन–पत्र बुझाएको हो ।

वि.सं २०१२ चैत १६ गते तत्कालीन ‘नेपाल पत्रकार संघ’ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य सत्य भएको तर त्यसअघि विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको भन्दै श्रेष्ठनै संस्थापक अध्यक्ष भएकाले फोनिजले इतिहास सच्याउन माग गरेको हो ।

फोनजिले सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरेको थियो । तर, गलत इतिहास सच्याएर सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो ।

फोनिजले अल्टिमेटम सहित २०७९ सालमा बुझाइएको ज्ञापन–पत्र स्मरण गराउदै पुनः ज्ञापन–पत्र समेत बुझाएको छ । देशभरी रहेका जिल्ला कार्यालय मार्फत साे ज्ञापनपत्र बुझाइएकाे फाेनिजका उपाध्यक्ष कमन देवानले बताएका छन् । उनले चरणबद्ध कार्यक्रमहरू अझै रहेकाे बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;