बुधबार, १९ फागुन, २०७७ बिहानको १०:०० बजे,
लिम्बुवान न्युज
दमक। संचारकर्मी आन्छुमे नसानको निर्देशनमा ‘शहर राम्रो इटहरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक सुहाङ लावती लिम्बू तथा गायिका विध्या आङला लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाका वल्र्ड याक्थुङ लिम्बू कल्चरल युनिटी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतकार पदम दुखी सम्बाहाङफेको शव्द तथा संगीतमा सजिएको टंक लिम्बू कुरुम्भङको संगीत संयोजन रहेको पुर्वेली लोक भाकाको गीत ‘शहर राम्रो इटहरी’ गीतलाई सेलिङ सेन्दोको छायाँकन रहेको छ भने, सुजन श्रेष्ठले सम्पादन तथा कलर गरेका छन् ।
हाङमा आङला लिम्बू र निवस राईको अभिनय रहेको भिडियोमा दिल्लीसो हाङमा तुम्साको मेकअप रहेको छ भने सहायक निर्देशन सङसेमी माङयुङले गरेका छन् । गीत रिफ डिजिटल रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।
अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...
धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...
बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...
चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...