वाटर किङडम पार्क औपचारिक संचालनको अन्तिम तयारीमा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापाको शिवसताक्षीस्थित झिलझिलेमा झापाकै ठुलो लगानीमा निर्माण भएको वाटर किङडम पार्क एण्ड रिसोर्ट संचालन अन्तिम तयारीमा रहेको जनाइएको छ ।

पार्क निर्माणमा करिब ३५ करोड रुपैयाँ खर्चिएको संचालक तथा नव नियुक्त निर्देशक राजकुमार संग्रौलाले बताए । पार्क सञ्चालनलाई सहज र व्यवस्थित बनाउनको निम्ति त्यस क्षेत्रका युवाहरुलाई समेटेर समिति गठन गरिएको निर्देशक संग्रौलाले बताएका छन् ।

पार्कका संचालक संग्रौलालाई कार्यकारी निर्देशक चयन गरेसँगै संचालक समिति सदस्यहरुमा गणेश प्रधान, यामवहादुर बुढाथोकी, यामनाथ काफ्ले, कुमार खालिङ राई, तुला वोखिम, गणेश घिमिेरे, चन्द्रविर नेम्वाङ, सन्त फेवदिन, राकेश शिह ठकुरी र विनोद सापकोटा कार्यकारी सदस्यमा चयन भएका छन् ।

यो समितिले पार्कलाई थप व्यवस्थित तथा प्रभावकारी वनाउन सुझाव संकलन गरिने कार्यकारी निर्देशक संग्रौलाले बताए । यस्तै सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिको संयोजकमा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा, वडा नम्बर ८ का अध्यक्ष केहरशिंह बस्नेत र शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली सदस्य चयन भएका छन् । फागुन २६ गते देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आउने कार्यकारी निर्देशक संग्रौलाले बताए । त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।

पार्कमा जिप लाइन

पार्कमा जिप लाइन, सुपरम्यान जिपलाइन र पछिल्लोपटक जिप साइक्लिङ पनि भित्र्याइएको छ । पार्क नखुल्दै सयौं सर्वसाधरणले साईकल कुदाएर दैनिक मज्जा लिन थालेका छन् ।

दुई सय मिटर दुरीका दुई वटा विल्डिङमा झुन्ड्याइएको तारमा सर्वसाधारणले साइकल कुदाएर मज्जा लिन सक्नेछन् । एउटा साइकलमा दुई जनाले सयर गर्न सकिनेछ ।

जमिन देखि ५८ फिटमाथि खुला आकासमा बढीमा दुई जनाले एकैपटक सहजै साइकल चलाउन सकिन्छ। साइकलमा पनि दुबै जनाका लागि पाइडल हुन्छ । जिप साइकिलिङका प्राविधिक सौजन संग्रौलाका अनुसार एक जनालाई बढीमा एक मिनेट र दुइ जनालाई बढीमा ४० सेकेन्डमा एउटा विल्डिङबाट अर्को विल्डिङमा साइकल कुदाएर जान सकिन्छ ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने संकेत दिएपछि स्थानीय व्यवसायीहरुले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण सुरू गरेका थिए। कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए। सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण सुरू भएका छन्।

पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ। विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाउँ वाटर किङडम पार्क रहेको शिवसताक्षी नगरका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताए ।

टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढे

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन।
पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका आइटम पनि छन्। संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् । यी सबै फागुन २६ गते एकैसाथ संचालनमा आउने छन् ।

बच्चाहरूका लागि किड्स जोन

बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षण हुन् । बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ । यसले सबैको मन जितेको छ ।

पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने बताए । उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाय पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पु¥याएर मनोरञ्जन दिलाइने छ ।’ यसका अलवा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना संग्रौलाले ल्याएका छन् ।

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...