प्रेस मञ्च नेपालको संघीय अध्यक्षमा केशव अर्याल, १७१ सदस्यीय संघीय समिति घोषणा

 लिम्बुवान न्युज
                       

झापा। जनता समाजवादी पार्टी(जसपा) निकट पत्रकारहरुको संगठन समायोजन भएको छ । समायोजित संगठन ‘प्रेस मञ्च नेपाल’ को अध्यक्षमा केशव अर्याल चयन भएका छन् ।

दुई राजनीतिक दलहरु समाजवादी पार्टी र राजपाको समायोजन पछि बनेको प्रेस मञ्च नेपालमा १७१ सदस्यीय संघीय समिति घोषणा गरिएको छ ।

अर्याल तत्कालीन समाजवादी पार्टीनिकट प्रेस नेपालको तर्पmबाट अध्यक्ष भएका हुन् । संघीय समितिमा ३१ जना पदाधिकारी राखिएको छ ।

उपाध्यक्षहरु १० जना छन् । दश उपाध्यक्षमध्ये प्रेस नेपालबाट अतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी र विजय चाम्लिङ छन् ।

बाँकी चार उपाध्यक्षहरु विन्दकिशोर साह, आशिष गुप्ता, राजेश कर्ण र वीरेन्द्र साह तत्कालीन राजपाबाट छन् ।

महासचिवमा निमेश कर्ण छन् । उनी राजपाको तर्पmबाट हुन् । राजपातिरबाट दुई अलग–अलग संगठन थिए । जुन आपसमा समायोजन नै भएको थिएन ।

समितिको उपमहासचिव दुवैतिरबाट चार÷चार जना राखिएको छ । प्रेस नेपालबाट देवेन्द्र खापुङ, दीपेन्द्र रुम्दाली, शाहीमान राई, योगेन्द्र प्रताप शाही छन् भने राजपाबाट अमरेन्द्रकुमार यादव, विश्वनाथ ठाकुर, अंकुश श्रीवास्तव छन् । एक उपमहासचिवको पद हाल खाली राखिएको छ ।

सचिवहरुमा प्रेस नेपालबाट टीआर शर्मा, मुकेश कुमार मिश्र, विदुर ढुंगेल, उज्वल पौडेल छन् ।

राजपाबाट रामएकवाल साह, हरेन्द्र चौधरी, चन्द्रिका चौधरी, एसएम जहागस्त र ठाकुरसिंह थारु छन् । सचिवमा पनि एक पद खाली छ ।
यसैगरी कोषाध्यक्षमा पासाङ शेर्पा छिन् । उनी तत्कालीन प्रेस नेपालबाट हुन् ।

जसपा निर्माण भएपछि पत्रकारहरुको समायोजनका लागि पार्टीकी कार्यकारिणी समिति सदस्य हिसिला यमी, सुशीला श्रेष्ठ र केशव झा रहेको कार्यदललाई जिम्मा दिइएको थियो ।

हेर्नुहोस् सम्पूर्ण नामावली:

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...