इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि आर्मीलाई

 लिम्बुवान न्युज
                       

इलाम। विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ ।

आइतबार भएको फाइनल खेलमा सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त गरेको छ ।

आर्मीले विमानलाई १७–२५, २२–२५, २५–१४, २५–१८ र १५–१२ ले हराउँदै उपाधि जितेको हो । सुरुवाती २ सेटमा आर्मी माथि हाबी भएको विमानले त्यसपछिका खेलमा लगातार अंक गुमाउन पुग्यो । सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपिएफ क्लब पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

समूह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल पुगेको आर्मीले उद्धघाटन खेलमा विमानलाई नै पराजित गरेको थियो । सोही समुहबाट विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । प्रतियोगितामा आर्मीलाई अपराजित रहँदै उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रर्दशन गरेका थिए । आर्मीकै ओपन स्पाइकर धन बहादुर भट्ट प्रतियोगिता सर्वोत्कृष्ट स्पाइकर चुनिए ।

आर्मीका भैरव बम प्रतियोगिता उत्कृष्ट क्विकर घोषित भए । प्रतियोगिता उत्कृष्ट ब्लकर विमानका प्रिन्स मलिक चुनिदा सेटर रोहित कुमार चुनिए । आर्मीका जगतसिंह भट्ट सर्वोत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट खेलाडी मान बहादुर र प्रशिक्षक जगतसिंह समान ५–५ हजार प्राप्त गरे ।

अन्य सबै विधाका खेलाडीले २ हजार ५ सय (२ हजार ५ सय प्राप्त गरे । आर्मीले विमानलाई समूह चरणमा ३–२ ले पराजित गरेको थियो । समूह ए मा आर्मी, विमान, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश थिए । समूह बी मा एपिएफ, पुलिस र दमक थिए ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...