इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि आर्मीलाई

 लिम्बुवान न्युज
                       

इलाम। विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ ।

आइतबार भएको फाइनल खेलमा सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त गरेको छ ।

आर्मीले विमानलाई १७–२५, २२–२५, २५–१४, २५–१८ र १५–१२ ले हराउँदै उपाधि जितेको हो । सुरुवाती २ सेटमा आर्मी माथि हाबी भएको विमानले त्यसपछिका खेलमा लगातार अंक गुमाउन पुग्यो । सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपिएफ क्लब पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

समूह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल पुगेको आर्मीले उद्धघाटन खेलमा विमानलाई नै पराजित गरेको थियो । सोही समुहबाट विमान उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका ओपनर स्पाइकर मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । प्रतियोगितामा आर्मीलाई अपराजित रहँदै उपाधि जिताउन मानबहादुरले उत्कृष्ट प्रर्दशन गरेका थिए । आर्मीकै ओपन स्पाइकर धन बहादुर भट्ट प्रतियोगिता सर्वोत्कृष्ट स्पाइकर चुनिए ।

आर्मीका भैरव बम प्रतियोगिता उत्कृष्ट क्विकर घोषित भए । प्रतियोगिता उत्कृष्ट ब्लकर विमानका प्रिन्स मलिक चुनिदा सेटर रोहित कुमार चुनिए । आर्मीका जगतसिंह भट्ट सर्वोत्कृष्ट प्रशिक्षक चुनिए । सर्वोत्कृष्ट खेलाडी मान बहादुर र प्रशिक्षक जगतसिंह समान ५–५ हजार प्राप्त गरे ।

अन्य सबै विधाका खेलाडीले २ हजार ५ सय (२ हजार ५ सय प्राप्त गरे । आर्मीले विमानलाई समूह चरणमा ३–२ ले पराजित गरेको थियो । समूह ए मा आर्मी, विमान, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश थिए । समूह बी मा एपिएफ, पुलिस र दमक थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...