लिम्बु कथामा आधारित चलचित्र थिमको छायाँङकन सम्पन्न

 लिम्बुवान न्युज
                       

फिदिम, ११ चैत्र। लिम्बू कथानक चलचित्र ‘थिम्’ (संस्कार)को छायाँकन सम्पन्न भएको छ । आइतबार अन्तिम छायाँकन गरिएको उक्त चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न स्थानमा छायाँङकन गरिएको हो ।
याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित उक्त चलचित्र यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाले निर्माण गरेका छन् । सागर केरुङको लेखन रहेको उक्त चलचित्रलाई निर्देशक यलम्बर खम्बुले निर्देशन गरेका हुन् । मुख्य साहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् । त्यसैगरी छायाँङकन बिक्रम डिसिले गरेका छन् भने ड्रोन अपरेटर बिक्रम याम्फुको रहेको छ ।
यस चलचित्रका गीतहरुको नृत्य निर्देशक दिनेश माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ रहेका छन् । नृत्य बरदान संगीतालयका कलाकारहरुको रहेको छ । सागर केरुङद्वारा रचित गीतमा संगीत बुद्धराज लिम्बूले भरेका छन् भने मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे लगायत कलाकारहरुको स्वर सुन्न सकिनेछ । यसरी नै शृङ्गारमा सन्तोस रिजाल, प्रकाशमा मिलन खड्का र ब्यवस्थापनमा सुबास केरुङ नुनाम रहेका छन ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायाँङकन भएको चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।
करिव ३० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र थिम् आगामी सिसेक्पा तङनाम (साउने सक्रान्ती) सम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।
लिम्बू जाती पुर्वी नेपालको लिम्बुवानमा परापूर्वकालदेखी नै बसोबास गर्दै आएको एक आदिम जाति हो । मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातीहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । यसर्थ लिम्बू जातीहरु यो भूमिको आदिम जाती र भुमिपूत्र हुन् भन्ने कुराको पुष्टि हुन्छ । आफ्नै जातिय थिम् (संस्कार), धर्म, कर्मकाण्ड र रितिरिवाजहरु छन् । जन्म थिम्, मृत्यु थिम्, विहाह थिम्, लगायत धेरै थिम्(संस्कार)हरुले लिम्बू समुदायलाइ सुन्दर र सभ्य बनाएको छ ।
मानव उत्पत्ति र विकास सँगसँगै विभिन्न थिम्हरुको विकास हुँदै आएको पाइन्छ । उनाहुरीकालमा मानव वस्तिहरु धेरै पातलो थियो । घना जंगल र हिङ्स्रक जनावरहरु मात्र हुन्थे । त्यतिबेला एक वस्तिदेखी अर्को वस्तिसम्म पुर्याउने कुनै सुचना सञ्चारका माध्यमहरु थिएनन् ।
मृत्यु संस्कार, विहाह संस्कार जस्ता थिम्हरु एकले अर्कालाई आमन्त्रण गर्न मुकुम्से? (काइँजलको फल) पड्काउने, बाँसको ढुँग्रोमा पानी लगाएर पोलेर पड्काउने गर्दथ्ये । जोडि पड्के सुभ संकेत र बिजोडि पड्के असुभ संकेत भएको बुझेर मान्छेहरु जम्मा हुन्थे । युगको उत्तरार्धमा आइपुग्दा पड्किने विभिन्न सामग्रीहरु बन्न थाले । लिम्बू समुदायले युगसापेक्ष ती सामग्रीहरुलाई मृत्यु र विवाहमा ध्वनिको रुपमा प्रयोग गर्न थाले । ठूलो आवाजमा पड्किने सामग्री बन्दुक नै भेटियो र बन्दुक पड्काउने थिम् रहन गयो । लिम्बूहरुले मृत्युमा एउटा र विवाहमा जोड नाल बन्दुक पड्काउँछन ।
यसरी नै हजारौं बर्ष अगाडिदेखि लिम्बू समुदायले उपयोग गर्दै आएको बन्दुक नेपालको संसोधित मुलुकी ऐन २०७४, नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२९ को धारा १ ‘क’ र ‘ग’ र उपधारा २ जस्ता ऐनहरुको ब्यवस्था गरि लिम्बू जातिको जीवनमाथी कुठाराघात गरिएको छ ।
लिम्बू समुदायको यहि वास्तविक जीवनशैलीलाई श्रब्य दृश्यको सहायतामा चलचित्र “थिम्” (संस्कार) मार्फत प्रस्तुत गर्न खोजिएको यस चलचित्रका लेखक सागर केरुङ् बताउँछन् ।

सम्बन्धित समाचार

गाेविन्द हत्याका मुख्य अभियुक्त सहित तीनजनालाई प्रहरीले गर्याे सार्वजनिक

दमक । इलामको चुलाचुली ३ का गोविन्द लिम्बूको हत्याका मुख्य अभियुक्त सनम राईसहित तीन जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । सोमबार साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर प्रहरीले दमक ७ बस्ने २२...

अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु

प्रकाश पाक्साँवा तेह्रथुम १३ असोज । नियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गीत संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लागेको अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन ‘टु’ को आवेदन सुरु भएको छ । आइडलको अनलाइन आवेदन यही...

लुङधुङकाे छैटाैं साधारणसभा सम्पन्न : येहाङनगर स्मारिका विमाेचन

दमक, १३ असोज। झापाको दमक नगरपालिका वडा नं. १ स्थित लुङधुङ टोल विकास संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार दमक वडा न. १ का वडासदस्य राजकर्ण राईको प्रमुखको आतिथ्यतामा संस्थाको छैटौं बार्षिक...

सहकारी यात्रा र सुदुर सम्झनाहरू

यात्रा संस्मरण सेसेहाङ चाेङबाङ ज्यान विसन्चो हुदाहुदै यात्रामा निस्कनु पर्ने भो । खै यात्राहरु त रहरले गरिने हो । यात्रामा निस्किन पाउँदा प्रसस्तै खुसी, हर्ष र उमंग हुनुपर्ने तर बाध्यताले गरे जस्तो स्वास्थ समस्याले बनाइ...