फाल्गुनन्दकाे सुलुम्फिमा ट्याक्सी दुर्घटना, एक गम्भीर घाइते

 लिम्बुवान न्युज
                       

पाँचथर। पञ्चमी-यासोक सडक खण्ड अन्तर्गत फाल्गुनन्द ५ को सुलुम्फिमा बुधबार ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा इलाम फाकफोकथुम( ७,निवासी डम्बर बहादुर ईम्सुहाङका छोरा अन्दाजी वर्ष २२ का पदम ईम्सुहाङ रहेका छन् ।

मे १ ज ४१६ नम्बरको ट्याक्सी यासोकबाट दमक जाने क्रममा विहान करिब ९स्३० बजे विहान उकालो बाटोमा ब्रेक फेल भइ पछाडी बग्दा सडकमा पल्टिएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज रामनारायण माझीले जानकारी दिए ।

घाइतेलाई घुर्बिसेमा रहेको फाक्तेप स्वास्थ्य चौकीमा प्राथमिकता उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको उनले बताए ।
गाडीमा सवार अन्य यात्रीको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...