प्रेस मञ्च र पत्रकार महासंघबीच दुई बुँदे सहमति

 लिम्बुवान न्युज
                       

काठमाडौं। नयाँ सदस्यता वितरण लगायतका विषयमा नेपाल पत्रकार महासंघको कार्यशैलीप्रति असहमति जनाउँदै प्रेस मन्च नेपालले बिहिबारबाट थालेको आन्दोलन दुई बुँदे सम्झौतासँगै स्थगन भएको छ ।

विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा मन्चले धर्ना दिएपछि बिहिबार साँझ दुई पक्षबीच लिखित सम्झौता भएको हो । यसअघि मन्चका अध्यक्ष केशव अर्याल सहितको टोलीले महासंघ केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो ।

मन्च र महासंघबीच भएको दुई बुँदे सम्झौतामा मन्चले उठाएका सदस्यता लगायत माग सम्बोधन गर्न प्रतिवद्धाता जनाइएको छ । त्यस्तै आगामी चैत्र २५ गतेलाई तोकिएको निर्वाचन घोषित मितिमै सम्पन्न गर्न मन्च प्रतिवद्ध रहेको उल्लेख छ ।

सहमतिपत्रमा मन्चका महासचिव निमेश कर्ण र महासंघका सचिव प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

चुलाचुलीले राेक्याे दमकको फोहोर

दमक, ४ जेठ । गाँस, वास र कपाससँगै फोहोर व्यवस्थापनको समस्या पनि आवश्यकताका रुपमा बढ्दो छ । यो क्रम सहरीकरण हुँदै गएका ठाउँमा ठूलै समस्याका रुपमा खडा भएको देखिएको छ । पछिल्लो समय झापाको दमक...

लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

दमक, ४ जेठ। झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन रोकिदैन

दमक, ३ जेठ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले जेठ २ गते एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । ताप्लेजुङस्थित मुन्धुमीस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबो...

किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे । शनिबार कियाचु...