प्रेस मञ्च र पत्रकार महासंघबीच दुई बुँदे सहमति

 लिम्बुवान न्युज
                       

काठमाडौं। नयाँ सदस्यता वितरण लगायतका विषयमा नेपाल पत्रकार महासंघको कार्यशैलीप्रति असहमति जनाउँदै प्रेस मन्च नेपालले बिहिबारबाट थालेको आन्दोलन दुई बुँदे सम्झौतासँगै स्थगन भएको छ ।

विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा मन्चले धर्ना दिएपछि बिहिबार साँझ दुई पक्षबीच लिखित सम्झौता भएको हो । यसअघि मन्चका अध्यक्ष केशव अर्याल सहितको टोलीले महासंघ केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो ।

मन्च र महासंघबीच भएको दुई बुँदे सम्झौतामा मन्चले उठाएका सदस्यता लगायत माग सम्बोधन गर्न प्रतिवद्धाता जनाइएको छ । त्यस्तै आगामी चैत्र २५ गतेलाई तोकिएको निर्वाचन घोषित मितिमै सम्पन्न गर्न मन्च प्रतिवद्ध रहेको उल्लेख छ ।

सहमतिपत्रमा मन्चका महासचिव निमेश कर्ण र महासंघका सचिव प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...