राप्रपा दमक र भद्रपुरको नयाँ नेतृत्व

 लिम्बुवान न्युज
                       

दमक, १५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दमक ७ मा पार्टीका नगर अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षता र पार्टी नेता एवं १ नम्बर प्रदेश समिति अध्यक्ष राम थापाको प्रमुख आतिथ्य र केन्द्रिय सदस्य राजेश गिरीको विशेष आतिथ्यमा भएको अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा नगर समितिको नयाँ नेतृत्व चयन गरेको हो ।

पार्टी विधान अनुसार नगर समितिमा राम थापा, लक्ष्मीप्रसाद संग्रौला, बासुदेव भट्टराई, सन्तोष राई, ताराप्रसाद अधिकारी, राज कुमार योङ्या, बिजय बराल, कृष्णमाया थापा, प्रकाश वस्नेत, गुणराज घिमिरे, गोविन्द बोहोरा,राजु बुढाथोकी, घनश्याम ढकाल, भरत खड्का, यशुराज दाहाल, याम बहादुर अधिकारी, तेज प्रसाद खरेल, नेत्र प्रसाद चम्लागाई, गोपाल गिरी, कुमार निरौला, चन्द्र बहादुर थापा, टिकाराम खरेल, भीष्म प्रताप भण्डारी, नीर बहादुर कटुवाल, प्रेम कुँवर, टंक सिटौला, अर्जुन कृष्ण रेग्मी, निराजन भट्टराई र जय प्रसाद धिमाल (जीवन) रहेका छन । पार्टी बिधानमा नगर समिति भन्दा माथिल्लो पदहरुमा योग्य हुनका लागि अनिवार्य नगर र गाउँ समिति भित्र रहेको हुनुपर्ने व्यवस्था रहेको पार्टीका निवर्तमान नगर अध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिए ।

सो अवसरमा पार्टीलाई स्थापना कालदेखि योगदान पुरयाउने अग्रज नेता कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी भद्रपुरमा भएको अधिवेशनले अधिवेशनले पुन राधा कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । राप्रपा नगर समितिको पार्टी एकता अधिवेशनले आगामी कार्यकालका लागि कार्कीलाई पुनः नगर अध्यक्षमा चयन गरेको हो ।

राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला, केन्द्रीय सदस्य देवीरमण भट्टराई, सुशिला बस्नेत, प्रदेश सदस्य महेन्द्र लावती, जिल्ला सचिव केशव ओझा, जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढीले राप्रपामा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...