घरेलु टोली झापा-११ सेमीफाइनलमा प्रवेश

,   लिम्बुवान न्युज
                       

बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्ड कपमा घरेलु टोली झापा–११ झापा सेमीफाइनल प्रवेश गरेको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहिबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा एफसीमाथि ५–१ को फराकिलो जित निकाल्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।


झापालाई जित दिलाउन विमल घर्ती मगर, कप्तान विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । यस्तै झापा–११ ले रेडपाण्डाबाट एक गोल उपहार पाएको थियो । यता रेडपान्डाका योगेश मगरले सान्तवना गोल फर्काए ।
खेलको सुरुवातबाटै दबाब बनाएको घरेलु टोलीले खेलको ३१ औं मिनेटमा विमल घर्ती मगरको गोलबाट अग्रता बनायो । उनले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुमेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।


खेलको ५५ औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरेपछि झापाले २–० को अग्रता बनायो । खेलको ५८ औं मिनेटमा कप्तान विशालले झापाका लागि तेस्रो गोल गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्ड भएको बललाई गोलमा परिनत गरे ।
यता खेलको ६६ औ मिनेट सिक्किमले सान्तवना गोल फर्कायो । उसका लागि ६६ औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । यसैगरि खेलको ७७ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।


त्यसपछि खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औं मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ । यस्तै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।

सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;