घरेलु टोली झापा-११ सेमीफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्ड कपमा घरेलु टोली झापा–११ झापा सेमीफाइनल प्रवेश गरेको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहिबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा एफसीमाथि ५–१ को फराकिलो जित निकाल्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।


झापालाई जित दिलाउन विमल घर्ती मगर, कप्तान विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । यस्तै झापा–११ ले रेडपाण्डाबाट एक गोल उपहार पाएको थियो । यता रेडपान्डाका योगेश मगरले सान्तवना गोल फर्काए ।
खेलको सुरुवातबाटै दबाब बनाएको घरेलु टोलीले खेलको ३१ औं मिनेटमा विमल घर्ती मगरको गोलबाट अग्रता बनायो । उनले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुमेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।


खेलको ५५ औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरेपछि झापाले २–० को अग्रता बनायो । खेलको ५८ औं मिनेटमा कप्तान विशालले झापाका लागि तेस्रो गोल गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्ड भएको बललाई गोलमा परिनत गरे ।
यता खेलको ६६ औ मिनेट सिक्किमले सान्तवना गोल फर्कायो । उसका लागि ६६ औं मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । यसैगरि खेलको ७७ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको हेन्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे ।


त्यसपछि खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को जित दिलाए । खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४ औं मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ । यस्तै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।

सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...