टेम्के फुटबल क्लब फाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

कमल, २९ फागुन । प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा टेम्के फुटबल क्लब प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै टेम्केले फाइनलको यात्रा तय गरेको हो ।

टाइब्रेकरमा रेडहर्षका लागि हरी सिटौला र सन्जित राईले गोल गरे । रेडहर्षका लागि मनिस थापा र अनिस थापाको प्रहार पोष्ट बाहिरीयो । टेम्केका कैलाश बस्नेत, अस्तोष राई, आकाश राई र बसन्त कुमार वानियाले टाइब्रेकरमा गोल गर्न सफल भए ।

केरखा खेल मैदानमा भइरहेको अध्यक्षकपको पहिलो सेमिफाइनल खेलमा १७औ. मिनेटमा टेम्केका मनिश चेम्जोङले गोल गरेका थिए । आकाश राईलेले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मनिश चेम्जोङले गोल गरे । टेम्केले पहिलो हाफमा १–० को नतिजामा रेडहर्षलाई दवावमा राखेको थियो ।

दोस्रो हाफको २०औँ मिनेटमा रेडहर्षका मनिस थापाले गोल गर्दै खेल बराबरीमा पारे । निर्धारित समयमा १–१ को बराबरी नतिजा भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आइतबार भएको खेलको प्लेयर अफ दि म्याच टेम्केका आविस्कार खड्का घोषित भए । उनले नगद २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाण पत्र पाए ।

सोमबारको दोस्रो दोस्रो सेमिफाइनल खेल एपीएफ पकली सुनसरी र धुलाबारी फुटबल एकाडेमी झापाबीच हुने आयोजकले जनाएको छ । फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र ३ गते बिहिबार हुनेछ ।

अध्यक्षकपको विजेताले विजेताले नगद २ लाख सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउनेछ भने उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिनेछ । प्रतियोगिता कमल गाउँपालिका ३ स्थित केरखा खेलमैदानमा भइरहेको छ ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...