साहित्यकार नाल्बोलाई कियाचु युवराज पत्रकारिता पुरस्कार २०७८

 लिम्बुवान न्युज
                       

दमक, २९ फागुन । लिम्बु भाषा साहित्यमा तीन दशक देखि अथक रुपमा लाग्नु भएका साहित्यकार ‘लुङा’पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से–नाल्वो सम्मानित भएका छन् । शनिबार चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नाल्बोलाई ‘कियाचु युवराज पत्रकारिता पुरस्कार –२०७८’ बाट सम्मानित गरिएको हो ।

चुम्लुङको आजीवन सदस्य समेत रहेका उनी लामो समय देखि साहित्य, लेखन, भाषा र पत्रकारमा क्रियासिल रहेका छन् ।

विशेष गरी भाषिक आन्दोलनलाई उच्चाईमा पु¥याउन पत्रकारितामा लामोसमयदेखि कृयाशील नाल्वोलाई लिम्बू पत्रकार संघका पूर्व अध्यक्ष स्व. युवराज लिम्बूको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो । उनलाई प्रदेश न १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले सम्मान प्रदान गरेका थिए ।

हाल झापाको दमक १ सिरीजंगा टोलका स्थायी निवासी अग्रज पत्रकार नाल्बो किरात सिरीजंगा लिपि लेखन तथा नेपाली साहित्य लेखनमा पनि उत्तिकै सकृय छन् उनका गीत तथा केही काव्य कृतिहरु समेत प्रकाशित भएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...