दमक गाेल्डकप चैत्र ९ देखि हुने

,   लिम्बुवान न्युज
                       

दमक,१ चैत । दमकमा यहि चैत ७ गतेदेखि मोफलसलकै सर्वाधिक पुरस्कार राशी भएको दमक गोल्डकप–२०७८ को दोस्रो संस्करण हुने भएको छ । दमक नगरपालिका खेलकुद विकास समिति मुख्य आयोजक रहेको गोल्डकप यहि चैत ९ –१८ गतेसम्म सञ्चालन हुने भएको हो ।

आयोजकले आज दमकमा पत्रकार सम्मेलन गरि गोल्डकप तयारी अन्तिम चरणमा पुगेको खेलकुद बिकास समितिका अध्यक्ष भीमराज केसीले बताए ।

उनका अनुसार गोल्डकपका विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु ६ लाख ११ हजार,ट्रफी प्राप्त गर्ने छन् भने विभिन्न विधागत विजेता तथा उत्कृष्ट खेलाडीलाई जनही रु २१ हजार माथिको पुरस्कारको व्यवस्था समेत गरिएको छ ।गोल्डकपमा भारत , अफ्रिकासहित राष्ट्रिय स्तरका विभिन्न १० वटा क्लवहरुको सहभागिता रहने छ ।

दमक –३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गशालामा हुने उक्त गोल्डकप सम्पन्न गर्नका लागि रु १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । यस मध्येबाट रु २५ लाख रुपैँया दमक नगरपालिकाले व्यहोर्ने र बाँकी रकम प्रायोजक, सह –प्रायोजक र गेट टिकट बिक्रीबाट संकलन गर्ने लक्ष्य राखिएको अध्यक्ष केसीले बताए । यसअघि २०७५ सालमा सम्पन्न प्रथम दमक गोल्डकपबाट मात्र आयोजकले रु २३ लाख ७८ हजार रुपैँया बचत गर्न सफल भएको जनाईएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;