चुलाचुली १ मा लिम्बुवान मञ्चको टोल गठन कार्यक्रम जारी

 लिम्बुवान न्युज
                       

चुलाचुली, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चुलाचुली वडा नं. १ समितिले टोल गठन कार्यक्रमलाई निरन्तर दिईरहेको जनाएको छ । सोमबार मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ लावतीको प्रमुख आतिथ्यतामा २ वटा टोलहरुमा संगठन विस्तार गरिएको हो ।

चुलाचुली १ स्थित विसाउने टोल समितिमा सुक बहादुर लावतीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्ष सीता ओरुमहाङ, सचिवमा खड्ग लिङदेन र अर्थसचिवमा सुनिता नेम्बाङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः उत्तम राई, सुर्य थोक्लेहाङ, दिपेश बेघा, लालबहादुर सुब्बा, सुरेन्द्र लावती, राजन थापा, देउमान लावती, दलबहादुर हाङखिम राई र नरेश राई रहेका छन् ।

यसरी नै माङहिम टोल समितिको अध्यक्षमा किसानध्वज सम्बाहाम्फे चयन भएका छन् । उक्त समितिमा उपाध्यक्ष दिनेश कन्दङवा, सचिव छत्र लावती र अर्थसचिव वविता लावती यसरी नै सहअर्थसचिवमा ज्योति धिमाल निर्वाचन भएका छन् भने सदस्यहरुमा नुर बहादुर राई, गोविन्द धिमाल, अमृत योङहाङ, धनबहादुर तामाङ, डिल्ली लावती, भद्रसिं लावती, राम बहादुुर राई र दुर्गा लावती निर्वाचन भएका छन् ।

कार्यक्रम चुलाचुली १ का वडाध्यक्ष वीरु जवेगुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला सदस्य सन्तोष इवा, एल.भी. कमाण्डर विशाल लावती, वडा १ उपाध्यक्ष देउमान नेम्बाङ लगायत वडाका नेताहरुको उपस्थिति रहेको थियो ।

यसरी नै १ नम्बर वडाको देउराली टोल र हात्तिलेदा विसाउने टोलमा क्रियासिल सदस्यता वितरण कार्यक्रम समेत सम्पन्न भएको मञ्चका प्रान्तीय सचिवालय सदस्य तथा १ नं. वडाध्यक्ष पूर्ण लावतीले बताए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...