चुम्लुङ नेतृत्वलाइ दमकमा सम्मान

,   लिम्बुवान न्युज
                       

दमक,५ चैत । किरात याक्थुङ चुम्लुङ दमकले आफनो केन्द्रीय नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । दमक -८ मा आज साँझ एक कार्यक्रम गरि हालै मात्र चुम्लुङको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष प्रेम एक्तेनसहितका नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

बधाई शुभकामनासहितको संक्षिप्त अन्तरकृयामा नवनिर्वाचित अध्यक्ष एक्तेन, उपाध्यक्ष डा. कमल तिगेला,महासचिव निरन्ती तुम्बावो लगायतले चुम्लुङलाई उद्देश्य केन्द्रीत बनाउन नयाँ नेतृत्व प्रतिवद्ध भएको जोड दिए । चुम्लुङ नगर अध्यक्ष देवेन्द्र राज चेम्जोङको अध्यक्षतामा भएको सो कार्यक्रममा पदाधिकारीसहित झापाबाट चुम्लुङ कन्द्रीय सदस्यमा निर्वाचित हुने इक्सा सम्बाहाम्फे, चन्द्रकला सुब्बा लगायतलाई समेत खादा ओढाएर सम्मान प्रदान गरिएको थियो । पाँचथरको फिदीममा गत फागुन २९ देखि १ चैत सम्म केन्द्रीय महाधिबेशन सम्पन्न गरेको थियो ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा चुम्लुङ झापाका जिल्ला अध्यक्ष शेसेहाङ फियाक, सहसचिव कबिन्द्र शेर्मा, चुम्लुङ दमकका पूर्व अध्यक्ष गुमानसिंह सम्बाहाम्फे लगायतको समेत उपस्थिति रहेको

आजनै नवनिर्वाचित समितिलाई जिल्लाको कन्काइ नगर शाखाले पनि स्वागत सम्मानसहित बधाई शुभकामनाको समेत आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;