चुम्लुङ नेतृत्वलाइ दमकमा सम्मान

 लिम्बुवान न्युज
                       

दमक,५ चैत । किरात याक्थुङ चुम्लुङ दमकले आफनो केन्द्रीय नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । दमक -८ मा आज साँझ एक कार्यक्रम गरि हालै मात्र चुम्लुङको ११ औ महाधिबेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष प्रेम एक्तेनसहितका नेतृत्वको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

बधाई शुभकामनासहितको संक्षिप्त अन्तरकृयामा नवनिर्वाचित अध्यक्ष एक्तेन, उपाध्यक्ष डा. कमल तिगेला,महासचिव निरन्ती तुम्बावो लगायतले चुम्लुङलाई उद्देश्य केन्द्रीत बनाउन नयाँ नेतृत्व प्रतिवद्ध भएको जोड दिए । चुम्लुङ नगर अध्यक्ष देवेन्द्र राज चेम्जोङको अध्यक्षतामा भएको सो कार्यक्रममा पदाधिकारीसहित झापाबाट चुम्लुङ कन्द्रीय सदस्यमा निर्वाचित हुने इक्सा सम्बाहाम्फे, चन्द्रकला सुब्बा लगायतलाई समेत खादा ओढाएर सम्मान प्रदान गरिएको थियो । पाँचथरको फिदीममा गत फागुन २९ देखि १ चैत सम्म केन्द्रीय महाधिबेशन सम्पन्न गरेको थियो ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा चुम्लुङ झापाका जिल्ला अध्यक्ष शेसेहाङ फियाक, सहसचिव कबिन्द्र शेर्मा, चुम्लुङ दमकका पूर्व अध्यक्ष गुमानसिंह सम्बाहाम्फे लगायतको समेत उपस्थिति रहेको

आजनै नवनिर्वाचित समितिलाई जिल्लाको कन्काइ नगर शाखाले पनि स्वागत सम्मानसहित बधाई शुभकामनाको समेत आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...