दमकमा वैशाख १ गते नेपथ्य लाइफ कन्सर्ट हुने

 लिम्बुवान न्युज
                       

दमक, ८ चैत । नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गते दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ । दमक ८स्थित ध्रुवतारा स्पोर्टिङ क्लवको ३०औं स्थापना दिवसको अवसर पारेर नेपथ्य लाइफ कन्सर्ट गर्न लागेको हो ।

मंगलबार क्लवले दमकमा पत्रकार सम्मेलन गरि कन्सर्टका बारेमा जानकारी गराएको छ । कन्सर्ट भव्य तथा सभ्य रुपले सम्पन्न गर्न क्लबका सदस्य गोपाल चेम्जोङलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष मिन मगर, नेपाल टच अष्ट्रेलियाका कार्यकारी प्रमुख राजके गोस्वामी लगायतले नेपथ्य लाइफ कन्सर्टका बारेमा बोलेका थिए । उक्त कन्सर्ट नेपाल टच अष्ट्रेलियाले गर्न लागेको र त्यसको संयोजन भने धु्रवतारा स्पोर्टिङ क्लव रहने क्लवका सचिव हिरामणि खड्काले बताए ।

उनका अनुसार दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा साँझ ७ वजेदेखि ९.३० वजेसम्म हुने लाइफ कन्सर्टको मुख्य प्रायोजक भने अष्ट्रेलियाकै किङस स्टन इन्ष्च्यिूट र सपोर्टमा जंगेकिल्ला इन्डफिल्डरर्स रहने छ । कन्सर्टमा करिव ५ हजार बढी दर्शकले सांगीतिक मनोरन्जन लिने छन् । कन्सर्टमा दर्शकका लागि रु १ हजार माथिका टिकट रहने जनाईएको छ ।

दुई घण्टा लामो हुने उक्त कन्सर्टमा ‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङले ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, भेँडाको ऊनजस्तो, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका चर्चित गीतहरु’ प्रस्तुत गर्ने जनाईएको छ ।

पत्रकार सम्मेलनमा ध्रुवतारा स्पोर्टिङ क्लवका संस्थापक अध्यक्ष भीमराज केसी, क्लवका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...