लेटाङ ६ मा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

मोरङ्, १२ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ् नगर समितिले संगठन विस्तारलाई तिब्रता दिएको छ । नजिकीदै गरेको स्थानीय चुनावलाई लक्षित गर्दै वार्ड, टोल गठन र क्रियासिल वितरणलाई तिब्रता दिएको हो ।

शनिबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सह–सचिव चौकीदार तामाङ्को प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष जिवन खेवा लिम्बुको विशेष आतिथ्यतामा वडा नं. ६ लामाटार टोल समिति गठन भएको हो । घनेन्द्र चेम्जोङ् लिम्बुको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा मान बहादुर चेम्जोङ् रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा ज्योति लिम्बु, सरोज लिम्बु, उत्तम लिम्बु, शुक्रबहादुर राई, अनिता कुमारी परिवार, मिरा मगर र टंकमाया लिम्बु रहेका छन् ।
कार्यक्रममा क्षेत्रीय संयोजक भवानी माखिम, लेटाङ नगरअध्यक्ष किशोर राई, सचिव शेरसिं लिम्बु, तुम्याहाङ काली प्रसाद लिम्बु लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम घनेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...