पञ्चमीमा खोजमूलक पत्रकारिता तालिम शुरु

 लिम्बुवान न्युज
                       

माङ्सेबुङ्, १३ चैत । हरप्रहर मिडिया प्रालिको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा आइतबारबाट तालिम सुरु भएको हो ।

आइतबारबाट सुरु भएको तालिमको उद्घाटन माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप साम्पाङ राईले गरेका थिए । प्रमुख आतिथिको हैसियतले कार्यक्रममा सम्बोधन गर्दै उनले वडा कार्यालयले स्थानीय युवाहरुलाई व्यवसायिक पत्रकारितातर्फ आकर्षित गर्न तालिम आयोजना गरिएको जानकारी दिए ।

हरप्रहरन्यूजका प्रतिनिधि एवम् तालिम संयोजक सजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माङसेबुङ वडा नम्बर ६ का इन्जिनियर काजीकुमार राई, वडा सचिव सृजना खड्का, इश्वरप्रसाद दाहाल, बाँझो स्वास्थ्य चौकीका प्रतिनिधिहरु कमला थेगिम, धर्मेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

तालिममा नयाँ र पुराना गरी ३ पुरुषसहित १० जनाको सहभागिता रहेको छ । हरप्रहर न्यूज डटकमका सम्पादक एवम् फोनिजका संघीय उपाध्यक्ष कमन देवान, रेडियो किङ्स एफएमका प्रबन्ध निर्देशक गोपाल झापालीलगायतले सहजीकरण गर्दैछन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पनि माङसेबुङ वडा नम्बर ६ मा वडा सिलिङ बजेटमार्फत आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...