पञ्चमीमा खोजमूलक पत्रकारिता तालिम शुरु

,   लिम्बुवान न्युज
                       

माङ्सेबुङ्, १३ चैत । हरप्रहर मिडिया प्रालिको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा आइतबारबाट तालिम सुरु भएको हो ।

आइतबारबाट सुरु भएको तालिमको उद्घाटन माङसेबुङ वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप साम्पाङ राईले गरेका थिए । प्रमुख आतिथिको हैसियतले कार्यक्रममा सम्बोधन गर्दै उनले वडा कार्यालयले स्थानीय युवाहरुलाई व्यवसायिक पत्रकारितातर्फ आकर्षित गर्न तालिम आयोजना गरिएको जानकारी दिए ।

हरप्रहरन्यूजका प्रतिनिधि एवम् तालिम संयोजक सजन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माङसेबुङ वडा नम्बर ६ का इन्जिनियर काजीकुमार राई, वडा सचिव सृजना खड्का, इश्वरप्रसाद दाहाल, बाँझो स्वास्थ्य चौकीका प्रतिनिधिहरु कमला थेगिम, धर्मेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

तालिममा नयाँ र पुराना गरी ३ पुरुषसहित १० जनाको सहभागिता रहेको छ । हरप्रहर न्यूज डटकमका सम्पादक एवम् फोनिजका संघीय उपाध्यक्ष कमन देवान, रेडियो किङ्स एफएमका प्रबन्ध निर्देशक गोपाल झापालीलगायतले सहजीकरण गर्दैछन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा पनि माङसेबुङ वडा नम्बर ६ मा वडा सिलिङ बजेटमार्फत आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;