नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश

,   लिम्बुवान न्युज
                       

दमक, १४ चैत । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए । यद्यपि निर्धारित समयमा गोल हुन सकेन । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । म्यान अफ दि म्याचको पुरस्कार दमकस्थित झापा मोडल स्कुलले प्रायोजन गरेको हो । यो खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन् । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन् ।

 

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ । क्वाटरफाइनलमा मनाङले बागमती युथ क्लबलाई पराजित गरेको थियो भने माने भञ्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;