दमक गोल्डकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन पुलिस र मनाङ् भिड्दै

,   लिम्बुवान न्युज
                       

दमक, १७ चैत । झापा दमकमा जारी दमक गोल्ड कपमा शुक्रबार नेपाल पुलिस क्लब र मनाङ मर्स्यादि क्लब मैदानमा उत्रिदैछन् । दमक ३ स्थित प्रतावित मदन भण्डारी रंगशालामा दुवै टीमले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङ मर्स्यादि सेमिफाइनलमा माने भञ्ज्याङ दार्जीलिङलाई हराएको थियो । बिहीबार दमक ३ स्थित खेल मैदानमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रिने बताएका छन् ।

पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टिममा आफ्नै खेलाडी भएको कारण टीम को तालमेल मिल्ने भएकाले जित निकाल्न सहज हुने बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफू सग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले अघिलो दमक गोल्ड कपमा उपविजेतामा चित्त बुझाएकाले यसपटक भने आफूहरुले जित निकाल्ने बताए ।

यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङ उपविजेतामा चित्त बुझाएको थियो ।

खेलाडी लाई हौसला प्रदान गर्न प्रि म्याच कन्फ्रेन्समा पुगेका दमक नगपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले दमक लाई खेलको हब बनाईने बताउँदै दुवै टिमलाई शुभकामना दिएका थिए ।

शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ ।

दोश्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;