नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं, २५ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज बिहीबार संसद भवनमा सम्पन्न निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेता पौडेल राष्ट्रपति निर्वाचित भएका हुन ।

पौडेलले ३३ हजार ८ सय २ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष सुबास चन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत पाए । २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि नेपालमा राष्ट्र प्रमुखका रूपमा आलंकारिक राष्ट्रपति चुन्न थालिएको हो ।

उनी भन्दा अगाडि तत्कालीन कांग्रेस नेता रामवरण यादव नेपालको पहिलो राष्ट्रपति निर्वाचित भएका थिए ।

त्यस्तै पहिलो महिलाका रूपमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी देशको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन् । उनी दुई कार्यकाल सो पदमा आसिन रहेर भर्खरै पदमुक्त भएकी हुन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ तथा प्रदेशसभाका ८१८ सदस्यले भोट हालेका थिए ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...