नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

 लिम्बुवान न्युज
                       

काठमाडौं, २५ फागुन । कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । आज बिहीबार संसद भवनमा सम्पन्न निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेता पौडेल राष्ट्रपति निर्वाचित भएका हुन ।

पौडेलले ३३ हजार ८ सय २ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष सुबास चन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत पाए । २०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि नेपालमा राष्ट्र प्रमुखका रूपमा आलंकारिक राष्ट्रपति चुन्न थालिएको हो ।

उनी भन्दा अगाडि तत्कालीन कांग्रेस नेता रामवरण यादव नेपालको पहिलो राष्ट्रपति निर्वाचित भएका थिए ।

त्यस्तै पहिलो महिलाका रूपमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी देशको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन् । उनी दुई कार्यकाल सो पदमा आसिन रहेर भर्खरै पदमुक्त भएकी हुन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ तथा प्रदेशसभाका ८१८ सदस्यले भोट हालेका थिए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...