कियाचु फेदेन अध्यक्षमा पुनः नेम्बाङ् निर्वाचित

 लिम्बुवान न्युज
                       


फेदेन, पान्थर । किरात याक्थुङ चुम्लुङ फेदेन नगर कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ । फेदेनस्थित चुम्लुङ्हिममा सम्पन्न अधिबेशनले पुनः देउकुमार नेम्बाङ् अध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न अधिवेशनले नेम्बाङकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्ष बीरबहादुर केरुङ, सचिव सुरेन्द्र केरुङ, सहसचिव सुसिला जबेगु कोषाध्यक्ष कमला तुम्बापो नेम्बाङ् निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरूमा गणेश बहादुर लिम्बू, कल्पना तुम्बापो, धनकुमारी तुम्रोक, गंगामायाँ तुम्रोक, पृथ्वीविक्रम इङ्वा, जयप्रसाद मेयोङ्बा, कमल तुम्रोक, महेन्द्रकुमार तुम्बापो, भीमकुमारी तुम्बापो, जयबहादुर नेम्बाङ रहेका छन् ।

‘कोशी प्रदेश खारेज गर’ भन्ने मुल नारा सहित फेदेन बजार परिक्रमा गरि गरिएको उद्घाटन समारोहमा प्रमुख अतिथि चुम्लुङ प्रदेश अध्यक्ष मधु केरुङ, राजनैतिक दलका प्रतिनिधिहरु, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य सागर केरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...