माङसेबुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

 लिम्बुवान न्युज
                       


दमक, २६ फागुन । प्रदेशसभाले फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको हो ।

शुक्रबार आन्दोलनकारीहरुले इलामको माङसेबुङ गाउँपालिकाको कार्यालय तालाबन्दी गरेका छन् । यसरी नै सोही पालिकाको चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि नै आन्दोलनकारीहरुले माङसेबुङको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिका ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलनलाई शसक्त र संयुक्त बनाउन बृहत छलफलबाट गठित ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ मा विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरु, आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय संघसंस्थाहरुले ‘कोशी’ प्रदेश नामाकरण विरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

आन्दोलनकारीहरुले २७ गते शनिबार प्रदेश १ का प्रमुख शहरहरुमा राँकेजुलुस र २८ गते आइतबार प्रदेशव्यापी आमहड्ताल आह्वान गरेका छन् । यसैगरी ५ चैतमा प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमा जनाएको छ ।

जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राज्य समिति लगायत विभिन्न समितिहरु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध लिम्बुवान, दलित, शेर्पालुङ, किरात खम्बुवान समितिहरु, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायत राजनैतिक दलहरु आन्दोलनमा सरिक भएका छन् । यसैगरी नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत जातीय घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै चरणबद्ध आन्दोलन शुरु गरेको छ ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;