नेपाल अन्तिम खेलमा युएईलाई हराउँदै विश्वकप छनोटमा

 लिम्बुवान न्युज
                       


काठमाडौं, २ चैत्र । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम खेलमा युएईलाई डकवर्थ लेविसमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

यो जितसँगै नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो ।

ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो । नेपालको जितमा नेपाली चार खेलाडीले अर्थसतक पुरा गरेका थिए । गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० र दीपेन्द्र १० रनमा अविजित रहे । गुल्सनले ४८ बलमा चार चौका र २ छक्का प्रहार गर्दै अर्धसतक पुरा गरे ।

त्यसअघि आरिफ शेख, कुशल भुर्तेल र भीम साकीले पनि अर्धसतक पूरा गरेका थिए । आरिफले ६२ बलमा २ चौकासहित ५२ रनमा आउट भए । नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औं ओभरको अन्तिम बलमा एलबीडब्लू आउट भए ।

पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । भीमले युएईविरुद्ध दुई साता अघि दुबई क्रिकेट स्टेडियममा ७० रनको इनिङ खेलेका थिए ।

ओपनर आसिफ शेख तेस्रो बलमै विकेटकिपर अश्वन्त वल्थापाबाट शून्यमा स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्ड तर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...