लिम्बु कथामा आधारित नेपाली चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक
शनिबार, ११ चैत, २०७९ बिहानको ०८:०२ बजे,
लिम्बुवान न्युज
दमक, ११ चैत्र । आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको लिम्बु कथामा आधारित चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ ।
चर्चित लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको ‘जारी’ को ट्रेलर शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
नेपालको पूर्वी पाँचथर जिल्लामा बसोबास गर्दै आएका लिम्बू समुदायको परम्परा, संस्कार, संस्कृति, भेषभूषा, रितिरिवाज र परिवेशलाई प्रस्तुत गरिएको यो चलचित्र लेखक उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय चलचिलत्र हो ।
शुक्रबार सार्वजनिक गरिएको तीन मिनेट ५९ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ । लिम्बु समुदायमा आफ्नो श्रीमती अर्को केटासँग विवाह गरेमा विवाह गर्दा लागेको सम्पूर्ण खर्चपातको दोब्बर उठाउने प्रचलन रहेको छ ।
लिम्बु समुदायमा आदिपक कालदेखि प्रचलित जारी प्रथामाथि आधारित रहेको चलचित्रमा दयाहाङ र मिरुना बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारहरुको अभिनय रहेको छ ।
यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रलाई निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् ।
यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी– ४’मा मुख्य भूमिकामा देखिएका थिए ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...