इलाममा फागुन २४ देखि २५औं राष्ट्रिय चुम्लुङ हुँदै: याक्थुङ सांस्कृतिक महाेत्सव पनि हुने

 लिम्बुवान न्युज
                       


ललितपुर, २२ फागुन । किरात याक्थुङ् चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङ इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने भएको छ । चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव हुने भएको छ । उक्त महोत्सवमा दुई सय बढी च्याब्रुङ (के) हरुको समेत प्रदर्शन गरिने जानकारी दिएको छ ।
इलाम सदरमुकाममा सोमबार कियाचुले पत्रकार सम्मेलन गरीे २५औं राष्ट्रिय चुम्लुङ र महोत्सव को तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने चुलुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् । लिम्बुवानका ९ जिल्ला, उपत्याकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका सयौं प्रतिनिधी राष्ट्रिय चुम्लुङमा सहभागी हुने उनले जानकारी दिइन् ।
यसैगरी प्रदेश नं. १ को “लिम्बुवान प्रदेश कार्य समिति” र “नेवा–ताम्सालिङ प्रदेश कार्य समिति”, थप ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु, व्यवस्थापक जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरु र अन्य सहभागी गरी २३० जना भन्दा बढी छलफलमा सहभागी हुने उनले जानकारी दिइन् ।
राष्ट्रिय चुम्लुङमा विभिन्न समसामयिक विषयमा छलफल हुने चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले जानकारी दिए । छलफलका प्रदेश १ को नाम कोशी नाम खारेजी तथा‘‘लिम्बुवान, किरात’’ नामाङ्करणको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ । यसैगरी साँगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै यो राष्ट्रिय चुम्लुङले एक वर्षे नीति तथा कार्यक्रम तय गर्नेछ । यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ÷लिम्बु भाषा विकासको योजना, इलाममा विजयबहादुर लिम्बुलगायतका सहिदहरुको लिम्बुवानका लागि बलिदानताको चर्चा र लिम्बु याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा लगायतका विषयहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुने उपाध्यक्ष तिगेलाले जानकारी दिए ।
यस्तै याक्थुङ महोत्सवमा इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित हुने इलाम कियाचु अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।
महोत्सवमा साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङ÷लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने अध्यक्ष सोङ्मीले जानकारी दिइन् । पाहुनाहरुलाई लिम्बुहरुको टिपिकल संस्कृति झल्कने तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाइने उनले बताइन् ।
आदिवासी याक्थुङ÷लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन, विकास एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले इलाम चोक बजारमा महोत्सव आयोजना गरिएको सोङ्मीको भनाई छ ।
किरात याक्थुङ चुम्लुङ २०४६ साल भदौ १७ गते स्थापना भएको आदिवासी याक्थुङ÷लिम्बु समुदायको प्रतिनिधिमूलक साझा संस्था हो । चुम्लुङले आदिवासी याक्थुङ÷लिम्बु समुदायको साँस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...