दिल प्रसाद नेम्बाङले नागरिक उन्मुक्ति पार्टीको इलाम जिल्ला हाक्ने

 लिम्बुवान न्युज
                       


दमक, २४ फागुन । नागरिक उन्मुक्ति पार्टी इलाम जिल्ला तदर्ज समिति गठन भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यतामा बुधबार इलामस्थित चुलाचुली आइतबारेमा सम्पन्न भेलाले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

लिम्बुवान आन्दोलनमा १७ बर्ष अनवरत लागेर इलाम जिल्लाको लामो समय लिम्बुवानको अध्यक्ष समेत भएका नेम्बाङ केही बर्ष देखि पार्टीमा असन्तुष्ट रहेका थिए । उनले उन्मुक्तिको इलाम जिल्लाको कमाण्ड सम्हालेसँगै उन्मुक्तिले पार्टी जिल्लाहरुमा तिब्र रुपपले संगठनविस्तारलाई तिब्रता दिने प्रदेश १ समितिले जनाएको छ ।

नेम्बाङकाे अध्यक्षतामा बनेको तदर्थ समितिको उपाध्यक्षहरुमा खड्गबहादुर लिम्बु, रामचन्द लिम्बु (आषिस), सचिवमा सञ्जित पंधाक, सहसचिवमा सन्तबहादुर लेप्चा र कोषाध्यक्षमा पुर्णिमा सुब्बा लगायत २१ सदस्यीय तदर्थ समिति गठन भएको जनाइएको छ ।

कार्यक्रममा पार्टीका सचिव चन्द्रकुमार चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्यहरु बलराम खवास, रञ्जन सुब्बा, प्रदेश अध्यक्ष धनबहादुर पन्धाक, लिम्बुवान प्रान्तीय समितिका कोषाध्यक्ष सुखबहादुर सोदेम्बा लगायत नेताहरुको कार्यक्रममा बालेका थिए ।

लिम्बुवानका पूर्व महासचिव तथा लिम्बुवान भोलेन्टियर्सका पूर्व केन्द्रीय कमाण्डर पहिचानवादी युवा नेता फक्ताङलुङ योङहाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रदेश १ का सचिव पदम चेन्जी मावोले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य शरण जवेगुले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...