इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

,   लिम्बुवान न्युज
                       


दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् ।

संविधानसभाका पूर्व अध्यक्ष सुबास नेम्वाङको निधनपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त रहेको छ । निर्वाचन आयोगले इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

‘पार्टी होइन स्वतन्त्र, भ्रष्ट होइन इमान्दार !’ भन्ने नारासहित ‘सामाजिक न्याय, सुशासन, विकास र पहिचान’लाई आफ्नो अभियान बनाउँदै इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेको उनले बताए ।

स्वतन्त्र लिम्बुले व्यवस्था परिवर्तन भए पनि राजनीतिक दलहरुको गैरजिम्मेवारीपनले गर्दा नागरिकको अवस्था परिवर्तन नभएको लिम्बुले बताए । उनले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राजनीतिक दलहरुले नेपाली नागरिकसामू गरेका बाचाहरुलाई पूरा गर्नु त कहाँ हो कहाँ उनीहरु आफैलाई सर्वोपरी ठान्दै सत्ता लिप्सामा लिन हुन पुगे ।’ राजनीतिक दलहरुको सिण्डिकेट तोड्न र जनताको मतको सम्मानका लागि इलामेली नागरिकले आफूलाई उम्मेदवारी दिन प्रेरित भएको उनको भनाइ थियो ।

दलहरुले जनमत र विश्वासलाई विकास तथा समृद्धिमा लगाउनुको साटो भ्रष्टाचारमा एकपछि अर्को काण्डमा लागेको उनको आरोप छ । लिम्बू झण्डै डेढ दशकदेखि विभिन्न राष्ट्रिय मिडिया र मोफसलको पत्रकारिता साथै आदिवासी जनजाति पत्रकार महासंघ लगायत पत्रकारजन्य संघ संस्थामा आबद्ध तथा इलामको सामाजिक सेवामा सक्रिय छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;