महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

 लिम्बुवान न्युज
                       


दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती समूदायले माग गरेका छन् ।
यस अघि पटक पटक विवाद भई पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बनेको समितिको निर्णयलाई कदर गर्न उच्च अदालत विराटनगरले समेत परमादेश जारी गरेको अवस्थामा पनि किराँती समूदायका गुरु आत्मानन्द पक्षले निर्णय र सहमति विपरित निर्माण कार्य गर्दै आएकोमा सो कार्य रोकी कानुनी राज्यमा सोही बमोजिम काम गर्न फाल्गुनन्द गुरुको अर्को पक्ष किरात धर्म सत्यहाङमा सेवा संघले आग्रह गरेको छ ।


झापाको दमकमा आज पत्रकार सम्मेलन गर्दै संघका केन्द्रिय अध्यक्ष ज्ञानबहादुर लावातीले किरात धर्मका आस्था महागुरु फाल्गुनन्दको समाधिस्थल सबैले सुरक्षित गर्नुपर्ने बताउनु भयो । संघका सचिव बहादुर सिंह नेम्बाङले प्रेसविज्ञप्ति वाचन गर्दै अदालतबाट आएको आदेश, जिल्ला प्रशासन र सरोकारवालाबीच भएको सहमतिलाई समेत कार्यान्वयन नहुँदा महागुरुको ऐतिहासिक महत्व राख्ने समाधी स्थल अतिक्रमणमा परेको बताउनु भयो ।
नेम्बाङका अनुसार आत्मानन्द गुरु र इलामको चुलाचुली गाउँपालिका वडा नं. १ मा केन्द्रिय कार्यालय रहेको संघबीच केही भिन्नताका कारण पनि सो कुरा बुझाबुझ नभएको बताउनु भयो । झण्डा र मन्त्रोच्चारणमा समेत केही फरक रहेकाले आफूहरुले इतिहास देखि नै महागुरु फल्गुनन्दको विचार र सन्देशलाई सही तरिकाले आत्मासाथ गर्दै आएको बताउनु भयो ।
यता आत्मानन्द गुरुसँग समिपमा रहेर किरात धर्म तथा साहित्य उत्थान संघमा लामो समय देखि जिम्मेवार पदमा कार्य गर्दै आउनु भएका डकेन्द्र सिंह थेगिमका अनुसार महागुरुको समाधिस्थलमै शालिक स्थापना नगरी त्यसको वरिपरि मात्र निर्माण थालिएको बताउनु भयो । उहाँका अनुसार कुरा बुझाबुझ हुन नसक्दा विवाद आएको हो र त्यो दुःखद कुरा भएको बताउनु भयो । अव आगामी दिनमा कसरी शालिक स्थापना गर्दा सिंगो किराँतीहरुको इतिहासलाई सकारात्मक तरिकाले अगाडि बढाउँन सकिन्छ भन्ने विषयमा उहाँहरु पनि महागुरुकै चेलाभुला भएकाले सहमतिमा काम गर्नु पर्ने अवस्था सृजना गर्ने उहाँले बताउनु भयो ।
महागुरुको प्रार्थना र मुन्धुम पाठ गरी थालिएको पत्रकार सम्मेलनमा आत्मानन्द गुरुले थालेका झण्डा, मुन्धुम पाठको उच्चारणमा फरक रहेकाले आफूहरुले सो विषयलाई वास्तविकताको खोज गर्न समेत फरक धारमा उभिएर महागुरुकै मार्गमा लागेको बताएका छन् ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...