पान्थर काठमाडौं कलाकार मञ्चको अध्यक्षमा यासेली योङहाङ

 लिम्बुवान न्युज
                       

काठमाडौं। काठमाडौ उपत्यकामा रहेर कला क्षेत्रमा कृयाशिल पाँचथरे कलाकारहरुले ‘पान्थर–काठमाडौ कलाकार मञ्च’ गठन गरेका छन् । शुक्रवार अनामनगरस्थित संवाद डबलीको सभाहलामा सम्पन्न भेलाले गठन गरेको हो । अध्यक्षमा यासेली योङहाङलाई चयन गरेको छ ।

उपाध्यक्षहरुमा रोशन बान्तावा,बिराज आङ्देम्बे,अशोक मुकाराङ,डिपि खनाल,निरन्ता नेम्बाङ,महासचिवमा दिनेश लिङ्देन,सचिवहरुमा बद्री हिङमाङ, यादन सेर्मा, सिर्जना जबेगु, निशा आङ्देम्बे, कोषाध्यक्षमा लक्ष्मी योङ्हाङ र सह–कोषाध्यक्षमा नरेश वनेम फागो निर्वाचित गरेका छन ।

त्यस्तै सदस्यहरुमा तुलसी बास्कोटा, हाङ चेम्जोङ, देवजंग थापा, ब्रबिम सेर्मा, कमल श्रेष्ठ, भवानिबिक्रम सम्बाहाम्फे, धनु ग्याङ्मी, राजेन्द्र केरुङ, राज चाम्लिङ, जेपि नेम्बाङ, किरण चाम्लिङ, नगेन माखिम, जुना राई, बबिता फोम्बो, बिक्रम योङ्हाङ मुहिम, कृष्णराज नेम्बाङ, इसक जबेगु, दिपा सुहाङ, देबेन्द्र नेम्बाङ, मदन सेन्चुरी, अर्चना गुरुङ, एकान्त आङ्देम्बे, दिप्सन आङ्बो, बालकृष्ण वनेम फागो, सकुन लिम्बू, माइकल तुम्बापो, भावना नेम्बाङ, सुजन आङ्देम्बे, शुभम चाम्लिङ, निस्चल प्रेम राई, पुस्कर दाहाल, सडज लिम्बू, चन्द्र सम्बाहाम्फे, अमृत राई, भक्त सुनुवार, तानाम तान्छो लावति र मनाङ लावती रहेका छन ।

उक्त कार्यक्रममा पाँचथर काठमाडौ सेवा समाजका अध्यक्ष सुरेन्द्र तिम्सिना, नेपाल चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषि चलचित्र प्रबर्द्धन समितिका अध्यक्ष तथा लिम्बू चलचित्र कर्मी संघ केन्द्रीय अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, लिम्बू बिद्यार्थी मञ्चकी केन्द्रीय अध्यक्ष दीपा लक्सम, संगीतकार कुल्बा सुब्बा लगायतले शुभकामना राखेका थिए ।

पाँचथरे कलाकारहरुको संयोजन चलचित्र लेखक÷निर्देशक तथा युवा नेता सागर केरुङ्ले गरेका हुन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...