हाङफाबुङमा लिम्बुवान मञ्चको टोल समिति गठन

 लिम्बुवान न्युज
                       

चौविसे, १८ चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल चौविसे गाउँपालिका ६ हाङफाबुङमा टोल समिति गठन भएको छ । मञ्चका प्रान्तीय सदस्य आइत सोदेन र जिल्ला अध्यक्ष कविर चेम्जोङको विशेष उपस्थितिमा समिति गठन भएको हो ।

विहीबारका दिन लिम्बुवान भोलेन्टियर्सका कमाण्डर दिलकुमार लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो । समितिको सदस्यहरुमा रामकुमार चेम्जोङ, धनुष लिम्बु, मनकेश लिम्बु, कमल लिम्बु, विवेक लिम्बु, उनोज लिम्बु, धुनिराज लिम्बु, समप्त लिम्बु, भिम लिम्बु, अर्जुन लिम्बु, सिर्जना चेम्जोङ, विपना लिम्बु, नितु लिम्ुब, दिपा लिम्बु, सन्तमाया लिम्बु, वीरबहादुर लिम्बु सोदेम्बा, मान बहादुर लिम्बु र सगुन लिम्बु रहेका छन् ।

उक्त टोल गठन कार्यक्रममा मञ्चका जिल्ला सदस्य श्रीमान खजुम लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष चेम्जोङ्ले आगामी स्थानीय तहको निर्वाचनमा मञ्चबाट कसरी जनप्रतिनिधि निर्वाचित गर्ने बारे सबै एकजुट भएर लाग्न अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...