मनाङ बन्यो दमक गोल्डकपको विजेताः पुलिस २–०ले स्तब्ध

,   लिम्बुवान न्युज
                       

दमक, १८ चैत । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ विजयी भएको हो ।

फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले एक–एक गोल गरेका थिए ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावलले मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे । जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ ।

फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

दमक नगरपालिकाको नगरखेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरुले जनही नगद २१ हजार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बु भए । उनले माउन्टेनबाइक पाएका छन् ।

आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका थिए ।

 

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;