लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन

 लिम्बुवान न्युज
                       

दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।

शनिबार दमकस्थित नगर समितिको कार्यालयमा मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले केरुङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा प्रकाश नेम्बाङ, गुमानसिंह सम्बाहाम्फे, के.बी. चेम्जोङ चयन गरेको छ भने सचिवमा लासाङ निङलेखु र मनु साम्पाङ राई त्यसैगरी अर्थसचिवमा तेजु आङदेम्बे चयन भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा गंगा धिमाल, ममता लिम्बु, शान्ती तामाङ, गीता धिमाल, दासमाया लिम्बु, दिलु सम्बाहाम्फे, श्याम मादेन, दिपा सम्बाहाम्फे, शनी नेम्बाङ र सेसेमी लिम्बु रहेका छन् ।

कार्यक्रम संयोजक तथा उपाध्यक्ष विष्णु माया थापा भट्टराईको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव विकाश मगरले गरेका थिए । स्वागत मन्तव्य दमक नगर सचिव मनु साम्पाङले राखेकी थिइन । कार्यक्रममा मञ्चका उपाध्यक्ष थाङसाङ लावती, प्रान्तीय सचिव मोहन वेघा, राजु राई, रामचन्द्र थापा मगर, दमक नगरअध्यक्ष याम लिम्बु लगायत नेताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...