फालेलुङमा पाँचौ चौरी पर्यटन महोत्सव हुने

,   लिम्बुवान न्युज
                       

पाँचथर, २० चैत । फालेलुङ गाँउपालिका ४ चाररातेमा ‘पाँचौ फालेलुङ चौँरी पर्यटन महोत्सव २०७९’ को तयारी सुरु गरिएको छ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने र चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्धेस्यले महोत्सवको तयारी गरिएको हो ।
नयाँ बर्षको अवसरमा आयोजित पाँचौ चौँरी महोत्सव पाँच दिनसम्म सञ्चालन हुने मूल आयोजनक समितिका सचिव सुनिल बान्तवाले बताए । ‘बिगत बर्षमा एक दिने महोत्सव गरिदै आएको थियो,’ फिदिममा आयोजित पत्रकार सम्मेलनमा बान्तवाले भने ‘यो बर्ष पाँच दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ ।’ बैशाख १ गते महोत्सवको उद्घाटन गर्ने तयारी छ ।
फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रबद्र्धन संस्था, श्री दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाले संयुक्त रुपमा महोत्वसवको तयारी गरेका हुन् । तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सवको तयारी गरिएको हो । महोत्सवमा करिब पाँच सय चौरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी गरिएको हो ।
चौँरी संस्कृति लोभ हुदैँ गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सहभागिलाई स्थानीय संस्कृति झल्कने परिकारहरु खुवाउने तयारी छ । स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको उनबाट बनेका सामग्रीहरुको बिक्रि, घोडा चढी, याक चढी गोठबासको (गोठस्टे) समेत व्यवस्था गरिएको छ ।
महोत्वसको अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान गरिने भएको छ । सोही अवसरमा प्रथम याक गोल्डकप सञ्चालन गर्ने तयारी छ । गोल्डकपमा चौँरीपालक किसानहरु सहभागि हने बताईएको छ । महोत्सवमा सहभागिलाई नेपाल भारतको सीमावर्ती क्षेत्रको अवलोकन समेत गराउने तयारी छ । यो क्षेत्र पर्यटकीय हिसाबले अब्बल गन्तव्य हो ।
‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर नेपालको सम्पती पनि हो,’ बान्तवाले भने ‘चौँरीको संरक्षण गर्दै पर्यटन प्रबद्र्ध गर्ने हाम्रो मूख्या उद्धेस्य हो ।’ चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएका छन् । गोठमा चौँरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो ।
‘चरण क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ,’ मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले भने ‘यस क्षेत्रमा रहेको तीन हजार हेक्टर जमिनलाई चरण क्षेत्रका लागि बैज्ञानिक रुपमा व्यवस्थित गर्ने हो भने चौरी संस्कृतिलाई जोगाउन सकिन्छ ।’
महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । बस्तिविहिन जंगली क्षेत्रमा आयोजना गरिने चौरी माहोत्सवमा आन्तरिक र बाह्य पर्यटकलाई सहभागि गराउने आयोजकको तयारी छ ।
पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाण्डौदेखि भारतको सिक्किम र दार्जिलिङका वासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको हो । करिब ६ लाखको अनुमानित लागतमा समहोत्सवको तयारी गरिएको हो । (जोरपाटीबाट)

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;