फालेलुङमा पाँचौ चौरी पर्यटन महोत्सव हुने

 लिम्बुवान न्युज
                       

पाँचथर, २० चैत । फालेलुङ गाँउपालिका ४ चाररातेमा ‘पाँचौ फालेलुङ चौँरी पर्यटन महोत्सव २०७९’ को तयारी सुरु गरिएको छ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने र चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्धेस्यले महोत्सवको तयारी गरिएको हो ।
नयाँ बर्षको अवसरमा आयोजित पाँचौ चौँरी महोत्सव पाँच दिनसम्म सञ्चालन हुने मूल आयोजनक समितिका सचिव सुनिल बान्तवाले बताए । ‘बिगत बर्षमा एक दिने महोत्सव गरिदै आएको थियो,’ फिदिममा आयोजित पत्रकार सम्मेलनमा बान्तवाले भने ‘यो बर्ष पाँच दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ ।’ बैशाख १ गते महोत्सवको उद्घाटन गर्ने तयारी छ ।
फालेलुङ कञ्चनजंघा पर्या पर्यटन प्रबद्र्धन संस्था, श्री दीप ज्योति युवा क्लब र कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाले संयुक्त रुपमा महोत्वसवको तयारी गरेका हुन् । तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सवको तयारी गरिएको हो । महोत्सवमा करिब पाँच सय चौरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी गरिएको हो ।
चौँरी संस्कृति लोभ हुदैँ गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सहभागिलाई स्थानीय संस्कृति झल्कने परिकारहरु खुवाउने तयारी छ । स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको उनबाट बनेका सामग्रीहरुको बिक्रि, घोडा चढी, याक चढी गोठबासको (गोठस्टे) समेत व्यवस्था गरिएको छ ।
महोत्वसको अवसरमा उत्कृष्ट चौरीपालक किसानलाई सम्मान गरिने भएको छ । सोही अवसरमा प्रथम याक गोल्डकप सञ्चालन गर्ने तयारी छ । गोल्डकपमा चौँरीपालक किसानहरु सहभागि हने बताईएको छ । महोत्सवमा सहभागिलाई नेपाल भारतको सीमावर्ती क्षेत्रको अवलोकन समेत गराउने तयारी छ । यो क्षेत्र पर्यटकीय हिसाबले अब्बल गन्तव्य हो ।
‘चौँरी उच्च पहाडको सौन्दर्य मात्र नभएर नेपालको सम्पती पनि हो,’ बान्तवाले भने ‘चौँरीको संरक्षण गर्दै पर्यटन प्रबद्र्ध गर्ने हाम्रो मूख्या उद्धेस्य हो ।’ चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएका छन् । गोठमा चौँरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो ।
‘चरण क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ,’ मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले भने ‘यस क्षेत्रमा रहेको तीन हजार हेक्टर जमिनलाई चरण क्षेत्रका लागि बैज्ञानिक रुपमा व्यवस्थित गर्ने हो भने चौरी संस्कृतिलाई जोगाउन सकिन्छ ।’
महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ । बस्तिविहिन जंगली क्षेत्रमा आयोजना गरिने चौरी माहोत्सवमा आन्तरिक र बाह्य पर्यटकलाई सहभागि गराउने आयोजकको तयारी छ ।
पाँचथर सहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाण्डौदेखि भारतको सिक्किम र दार्जिलिङका वासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको हो । करिब ६ लाखको अनुमानित लागतमा समहोत्सवको तयारी गरिएको हो । (जोरपाटीबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...