त्रिसाली मेलामा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने

,   लिम्बुवान न्युज
                       

पाँचथर, २२ चैत । कुम्मायक गाउँपालिकाको यासोकमा तेस्रो कुम्मायक– कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ ।
त्रिशाली पूजा तथा मेलाको अवसरमा चैत २८ गतेदेखि आयोजना हुने खेल बारेमा आयोज मार्फत सोमबार फिदिममा पत्रकार सम्मेलन गरि प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

उक्त प्रतियोगितामा भारत सहित आठ टीमको सहभागीता रहने जनाइएको छ । पालिकाको वडा नम्बर १,यासोकस्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो) ले ब्रदर्श युनाइटेड क्लव झापासंग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङ बीच भिडन्त हुनेछ । प्रतियोगिताको चौंथो खेल चैत ३० गते संगम एफसी सुनसरी र केकेएफसी झापा बीच हुने आयोजक समितिले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लव (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श बिरुद्ध मैदान उत्रिनेछ ।

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ र उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्रदान गरिने भएको छ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र बिधागत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंयाँ प्रदान गरिने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिए ।
यस खेलसंगै भलिवल र व्याडमिन्टन प्रतियोगिता,स्रष्टा सम्मान साथै विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

खेलबाट भरपुर मनोरञ्जन तथा आन्तरिक पर्यटको उपस्थित रहने अपेक्षा गरिएको पूजा तथा मेला मूल समारोह समितिका संयोजक समेत रहेका १ नम्बर वडाका अध्यक्ष देबेन्द्र कुमार लावतीले बताए ।

विगतदेखि लाग्दै आएको त्रिसाली मेलालाई थप आकर्षक बनाउन र यहाँ रहेका धार्मिक स्थलको प्रचारप्रसार गरि आन्तरिक पर्यटकको माध्यमबाट यस क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पु¥याउने उदेश्य सहित खेलको आयोजना गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;