त्रिसाली मेलामा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुने

 लिम्बुवान न्युज
                       

पाँचथर, २२ चैत । कुम्मायक गाउँपालिकाको यासोकमा तेस्रो कुम्मायक– कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता संचालन हुने भएको छ ।
त्रिशाली पूजा तथा मेलाको अवसरमा चैत २८ गतेदेखि आयोजना हुने खेल बारेमा आयोज मार्फत सोमबार फिदिममा पत्रकार सम्मेलन गरि प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

उक्त प्रतियोगितामा भारत सहित आठ टीमको सहभागीता रहने जनाइएको छ । पालिकाको वडा नम्बर १,यासोकस्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव (निलो) ले ब्रदर्श युनाइटेड क्लव झापासंग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङ बीच भिडन्त हुनेछ । प्रतियोगिताको चौंथो खेल चैत ३० गते संगम एफसी सुनसरी र केकेएफसी झापा बीच हुने आयोजक समितिले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लव (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श बिरुद्ध मैदान उत्रिनेछ ।

प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ र उपबिजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्रदान गरिने भएको छ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र बिधागत तर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंयाँ प्रदान गरिने आयोजक सयपत्री क्लवका अध्यक्ष शिव लाओतीले जानकारी दिए ।
यस खेलसंगै भलिवल र व्याडमिन्टन प्रतियोगिता,स्रष्टा सम्मान साथै विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ ।

खेलबाट भरपुर मनोरञ्जन तथा आन्तरिक पर्यटको उपस्थित रहने अपेक्षा गरिएको पूजा तथा मेला मूल समारोह समितिका संयोजक समेत रहेका १ नम्बर वडाका अध्यक्ष देबेन्द्र कुमार लावतीले बताए ।

विगतदेखि लाग्दै आएको त्रिसाली मेलालाई थप आकर्षक बनाउन र यहाँ रहेका धार्मिक स्थलको प्रचारप्रसार गरि आन्तरिक पर्यटकको माध्यमबाट यस क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पु¥याउने उदेश्य सहित खेलको आयोजना गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...