कन्काईमा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक प्रशिक्षण सम्पन्न

 लिम्बुवान न्युज
                       

कन्काई, २७ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण झापाको कनकाई–१ दुर्गापुरमा आइतबार सम्पन्न भएको छ ।

कन्काई नगरपालिका कार्यक्षेत्र भएकासहित जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघका पूर्व अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यमा भएको प्रशिक्षण समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि आचार्यले पत्रकार मिथ्या सूचनाबाट बच्नुपर्ने र चुक्न नहुने बताए । उनले पत्रकारहरु अध्ययनशील र समाचार खोजमूलक हुनुपर्नेमा जोड दिए । कनकाई नगरपालिकाको सहयोगमा महासंघले उक्त प्रशिक्षण सञ्चालन गरेको हो ।

कार्यक्रममा महासंघका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका नेता दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल सुष्मा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले मन्तव्य राख्दै अत्यावश्यक विषयमा महासंघले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याएको बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । तालिमको उद्घाटन शनिबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...