मिसेकहाङ किरात मोर्चाबाट निस्काशित

,   लिम्बुवान न्युज
                       

दमक, २१ चैत्र । किरात मोर्चाको केन्द्रीय सदस्य बाल कुमार थाम्सुहाङ (मिसेकहाङ किरात)लाई संगठनबाट निस्काशन गरेको छ । संगठनलाई खलल पुराउने क्रियाकलाप गरेको हुँदा मोर्चाले कारवाही गरेको हो ।

मोर्चाले आइतबार एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नाम खारेजी आन्दोलनलाई निरन्तर अघि बढाउन प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहँदा चैत्र ५ गतेको आन्दोलनमा घाइते भएका लाजेहाङले शहादत्ता प्राप्त गरिरहेको यो वेला अराजक गतिविधि गर्दै विभिन्न समयमा पार्टी जन्माउँदै फुटाउने क्रियाकलाप गरिरहेको हुँदा मोर्चाबाट निस्काशन गर्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मोर्चाका बरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख गोपाल पुन मगर, केन्द्रीय सचिव ओम धामी (चौधरी) र प्रदेश १ प्रमुख पूर्ण थापा मगर तीन नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै किरात, लिम्बुवान आन्दोलनलाई भाड्न घुसपैठ कृयाकलाप गरेको हुँदा मोर्चाको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाइएको छ ।

विज्ञप्तिमा संघर्ष समितिले आन्दोलन घोषणा गरिसकेपछि पनि बन्द हडताल घोषणा गरेर आन्दोलनलाई नै तुहाउने षडयन्त्र गरेको र सबै आदिवासी जनजातिहरुको मुद्दालाइ अेाझेल पार्दै यो आन्दोलनलाई नै असहज बनाउने र दुईचार जना लिम्बुहरु भेला गरेर आन्दोलन भाड्ने काम गरेको हुँदा मोर्चाको १ नम्बर प्रदेश कमिटी र केन्द्रीय कमिटीले कारवाही गरेको विज्ञप्ति मार्फत भनेको छ ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;