आजबाट एसीसी प्रिमियर कप शुरुः क्यानद्वारा एसिया कप छनौटको लागि टिम घोषणा

 लिम्बुवान न्युज
                       


काठमाडौं, ५ चैत्र । एसीसी प्रिमियर कप आज (मंगलबार)देखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप अर्थात् एसिया कप छनोटका लागि टोली घोषणा गरेको छ । क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले यसपालि पनि टोलीमा कुनै परिवर्तन गरेको छैन । क्यानले लिग–२ को अन्तिम सिरिजमा यूएई र पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्ने टोलीलाई नै निरन्तरता दिएको हो ।

टिममा अर्जुन साउँद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो वैकल्पिक खेलाडीको रूपमा समावेश भएका छन् । कमल सिंह ऐरी, देव खनाल र मौसम ढकाल भने टोलीबाटै बाहिरिएका छन् । एसीसी प्रिमियर कप खेल्नुअघि नेपालले शनिबार ओमानविरुद्ध अभ्यास म्याच खेलेको थियो । सो खेल नेपालले ५ विकेटले जित्यो ।

नेपालले प्रतियोगितामा पहिलो खेल ५ वैशाखमा मलेसियाविरुद्ध खेल्ने तालिका छ । नेपालले दोस्रो खेल वैशाख ८ मा ओमानसँग, वैशाख ११ मा साउदी अरबसँग तथा वैशाख १४ मा कतारविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइनले प्रतिस्पर्धा गर्नेछन् । समूहको शीर्ष दुईमा रहने चार टोली सेमिफाइनल पुग्ने छन् । उपाधि जित्ने टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

एसीसी प्रिमियर कपका लागि नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र प्रतिश जिसी ।
वैकल्पिक खेलाडीमा सन्दीप जोरा, किशोर महतो, अर्जुन साउँद र सूर्य तामाङ रहेका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...