आजबाट एसीसी प्रिमियर कप शुरुः क्यानद्वारा एसिया कप छनौटको लागि टिम घोषणा

 लिम्बुवान न्युज
                       


काठमाडौं, ५ चैत्र । एसीसी प्रिमियर कप आज (मंगलबार)देखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप अर्थात् एसिया कप छनोटका लागि टोली घोषणा गरेको छ । क्यानले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले यसपालि पनि टोलीमा कुनै परिवर्तन गरेको छैन । क्यानले लिग–२ को अन्तिम सिरिजमा यूएई र पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्ने टोलीलाई नै निरन्तरता दिएको हो ।

टिममा अर्जुन साउँद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो वैकल्पिक खेलाडीको रूपमा समावेश भएका छन् । कमल सिंह ऐरी, देव खनाल र मौसम ढकाल भने टोलीबाटै बाहिरिएका छन् । एसीसी प्रिमियर कप खेल्नुअघि नेपालले शनिबार ओमानविरुद्ध अभ्यास म्याच खेलेको थियो । सो खेल नेपालले ५ विकेटले जित्यो ।

नेपालले प्रतियोगितामा पहिलो खेल ५ वैशाखमा मलेसियाविरुद्ध खेल्ने तालिका छ । नेपालले दोस्रो खेल वैशाख ८ मा ओमानसँग, वैशाख ११ मा साउदी अरबसँग तथा वैशाख १४ मा कतारविरुद्ध खेल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

यस समूहमा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइनले प्रतिस्पर्धा गर्नेछन् । समूहको शीर्ष दुईमा रहने चार टोली सेमिफाइनल पुग्ने छन् । उपाधि जित्ने टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

एसीसी प्रिमियर कपका लागि नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र प्रतिश जिसी ।
वैकल्पिक खेलाडीमा सन्दीप जोरा, किशोर महतो, अर्जुन साउँद र सूर्य तामाङ रहेका छन् ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...