पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

 लिम्बुवान न्युज
                       


दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन ।
मंगलबार निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गरिएको उपनिर्वाचन मुख्य कार्यालय इलामका प्रमुख केशवप्रसाद घिमिरेले बताए ।
कार्यतालिका अनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदानको लागि समय तोकिएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’
प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थनमा चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई अन्य राजनैतिक दलहरुले समति समर्थन गरेका छन् ।
थेगिमलाई जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, संयुक्त नागरिक पार्टी लगायत पार्टीहरुले समर्थन गरेका छन् । त्यसैगरी धरान उपमहानगरका मेयर हर्क साङ्पाङ् र काठमाडौंका मेयर बालेन शाह लगायत स्वतन्त्रबाट विजयी मेयरहरुले समेत स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गरेका छन् ।
उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बाह्र दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

 

सम्बन्धित समाचार

आईसीसी यू–१९ आजबाट शुरुः नेपाल पहिलो खेल बंगलादेशसँग खेल्दै

ललितपुर, ५ माघ । आईसीसी टी–२० विश्वकप २०२५ यू–१९ महिलाको दोस्रो संस्करण आजबाट मलेसियामा सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछ जहाँ नेपालले पनि आफ्नो पहिलो खेल बंंगलादेशसँग खेल्ने भएको छ । नेपाल...

नाटक ‘मुक्कुमलुङ’ काे मण्डलामा मञ्चन शुरू

ललितपुर, ४ माघ । लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुने भएकाे हाे । यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट...

फाेनिज तेह्रथुम अध्यक्षमा वबिता राइ निर्वाचित

दमक, ४ माघ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुम जिल्ला शाखा समितिको पाँचौ अधिबेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष सन्तबीर लामाको...

गायिका मेलिना राई माघ ४ गते विवाह बन्धनमा बाँधिदै

ललितपुर, ३ माघ । पूर्वकी चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले बुधबार इलामका ध्रुब गुरुङसँग इंगेजमेन्ट गरेकी हुन् । उनीहरुको इंगेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी...