दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम तथा पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

याक्थुङ युवा मञ्च झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले सम्बोधन गरेको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषायका कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा याक्थुङ मुन्चइत चोक सयङका महासचिव, रंगकर्मी तथा पहिचानवादी व्यक्तित्व विक्रम फागो वनेम, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङगो, कवि जितेन पन्धाक, पहिचानबादी युवा नेता मिलन रुम्दाली, राजनीतिकर्मी बिरेक्षन्द्र याक्थुङ्बा लगयतले शुभकामना मन्तव्य राखेका थिए ।

कवि प्रकाश लाबुङ र कवियत्री विनिता नेम्बाङले कविता वाचन गरेको कार्यक्रममा गायक दिलिप माखिमले साँगितिक प्रस्तुति दिएका थिए ।

चुम्लुङका संघीय अध्यक्ष येक्तेनले च्याब्रुङ वजाएर समुद्घाटन गरेको कार्यक्रममा वक्ताहरुले बैशाक १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधरको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई मत दिएर विजयी गराउनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;