विदेशीसँग पहिलो गीत गाउने गायक प्रेमध्वज प्रधानको निधन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। नेपाली सांगीतिक आकाशका धरोहर बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको आज दिउँसो निधन भएको छ । गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार ८४ वर्षीय प्रधानलाई छातीमा समस्या देखिएपछि केही दिन अघि सो अस्पतालमा भर्ना गरिएको थियो ।

‘गोल्डेन भ्वाइस’ उपनामले ख्याती कमाएका प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

१६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका प्रधानले ‘यो नेपाली शिर उचाली’, ‘पर लैजाऊ फूलहरु’, ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘तिमीलाई अचेल कहाँ भेटौं’ लगायतका दर्जनौं चर्चित गीतहरु गाएका छन् ।

चलचित्र ‘माइतीघर’ले नेपाली चलचित्रको ‘नमान लाज यस्तरी’ बोलको गीतका गायक प्रधान विदेशीसँग पहिलो गीत गाउने गायक बन्न पुगेका थिए । प्रधानले सो गीत उषा मङ्गेश्करसँग गाएका थिए । नेपाली सांगीतिक आकाशका धरोहर प्रधानको निधनले सिंगो देश शोक मग्न भएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...