काठमाडौं । नेपाल सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । आज (शुक्रबार) छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
वरिष्ठ पत्रकार सम्मान २०७६ (मरणोपरान्त) स्व.सुकदेव नेपाल(अग्निशिखा) र श्रीहर्ष सुब्बालाई दिइएको छ । त्यस्तै वरिष्ठ पत्रकार सम्मान २०७७ पत्रकार रघु मैनाली र शार्दुल भट्टराईले पाएका छन् । दुई बर्षको पुरस्कार एकैसाथ घोषणा गरेको छ । पुरस्कारको राशी जनही २/२ लाख रहेको छ ।
यस्तैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ बाट इनद्रमान बुढा (उजिर मगर), मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्तर बहादुर वि.क. र शितल शाह रहेका छन् । त्यसैगरी २०७७ बाट दिलीप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजङ पाण्डे, नितु पण्डित र पुनम पौडेल रहेका छन् । राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित सबै पत्रकारहरुले जनही १/१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
