लोकेनको निर्देशनमा बनेको ‘साक्थिम’ पालामको भिडियो सार्वजनिक
मङ्गलबार, २८ बैशाख, २०७८ दिउँसोको ०३:०१ बजे,
लिम्बुवान न्युज
दमक। व्यस्त र भिडियो निर्माणमा अब्बल निर्देशक लोकेन साँवा लिम्बूको निर्देशनमा निर्माण गरिएको नयाँ लिम्बु पालाम ‘साक्थिम’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
निर्देशक साँवाकै शब्दसंकलनमा अहिलेका चर्चित पालाम गायक सुमन लिम्बूको लय संकलन रहेको पालाम ‘साक्थिम’ सेवालुङ युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
अशोक लोहरुङ राईको संगीत संयोजन रहेको पालाममा सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाँगू, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो, सिर्जना जबेगुले आवाज भरेका छन् ।
केःसाङ्ला प्रदर्शन समिति, काठमाडौंले निर्माण संयोजन गरेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पयाँगू, मनु थक्लुङ लिम्बू, पूर्ण सेत्लिङ, सुक्मिता केरुङ, शम्सेर तुम्बाहाम्फे, सनी बेघा, शारदा राई, प्रज्ञा इजम, निर्मल लिवाङ, रुथ लिम्बू लगायतको अभिनय हेर्न सकिन्छ ।
अरुण बरुण न्यौपाने र लोकेनकै छायाँकन तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा बिमला तामाङको मेकअप रहेको छ ।
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...
काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...