आजबाट ताप्लेजुङमा एकहप्ता निषेधाज्ञा थप

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। ताप्लेजुङ जिल्लाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ । जेठ २ गतेसम्मको निषेधाज्ञा सकिएपछि ३ गतेदेखि १० गते सम्म एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।

दुई हप्तादेखि जारी निषेधाज्ञाको अवधि दोश्रो तेस्रो पटक थप गरिएको हो । जिल्लामा दिनानुदिन संक्रमण तिव्ररुपमा फैलिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् ।

फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्बा, सिस्ने, फक्ताङलुङ गाउँपालिका ३ लिङ्खीम वारी फुरुम्बु क्षेत्र, सिकैचा वारी फावाखोला, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो, कामी डाँडा, काबेली खोला र मेरिङदेन गाउँपालिका भित्र समेत निषेधाज्ञा लागु हुने जिल्ला प्रशासनले जनाएको छ ।

सदरमुकाममा संक्रमण बढेसँगै संक्रमणबाट आफु बच्न र अरुलाई बचाउँन निषेधाज्ञालाई पुर्णरुपले पालना गर्न प्रशासनले अनुरोध समेत गरेको छ । अति आवस्यक बाहेकका काममा बाहिर हिडडुल नगर्न सर्वसाधरण सबैलाई अनुरोध गरिएको प्रजिअ पाण्डेले बताएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...