कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

 लिम्बुवान न्युज
                       

झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो तयारी गरेको हो ।

स्वास फेर्न गाह्रो हुने संक्रमितलाई अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ भने त्यहाँ उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।

अक्सिजनको अभावले देशभर हाहाकारको अवस्था सृजना भईरहँदा बुद्धशान्ति गाउँपालिकाले भने कोरोना संक्रमणबाट ग्रसित सर्वसाधारण जसलाई अक्सिजनको आवश्यकता पर्छ उनीहरुका लागि अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरि गाउँपालिकामा सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन गरेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । अध्यक्ष भुजेलले विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइएको बताएका छन् ।

बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर हाललाई सञ्चालनमा ल्याएको उपाध्यक्ष मिरा भूर्तेलले बताइन् ।

आइसोलेसन सेन्टरमा हालसम्म कोहि विरामीलाई ल्याउनुपर्ने अवस्था नभएपनि पूर्ण तयारी अवस्थामा गाउँपालिका रहेको उपाध्यक्ष भूर्तेलले वताइन् । विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिएका छन् ।

आइसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । उनले हाललाई १५ बेड तयारी अवस्थामा रहेको संक्रमित थपिदै गएमा थप बेड सञ्चालन गर्न सक्नेगरीको व्यवस्थापन भईरहेको बताएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...