“एक व्यक्ति एक अक्सिजन सिलिन्डर” अभियानमाः जुट्यो २५ लाख

 लिम्बुवान न्युज
                       

विर्तामोड। झापामा शुरुगरेको “एकका लागि एक अभियान” अन्तर्गत ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघसहित १४ संघसंस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।

एकका लागि एक अभियानले शुरु गरको ‘एक व्यक्ति एक सिलिण्डर’ संकलन कार्यमा बिर्तामोड उद्योग बाणिज्य संघको सहजीकरणमा बिर्तामोडका सामाजिक संघ संस्था र व्यक्तिहरुले प्रतिसिलिन्डर १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षता र एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतको प्रमुख आतिथ्यमा आयोजित सिलिन्डर वापतको रकम हस्तान्तरण कार्यक्रममा हङकङ बस्ने बिर्तामोडका नागरिकबाट १० थान, बिर्तामोड उद्योग बाणिज्य संघबाट ५ थान, लायन्स क्लव अफ अनारमनीबाट ५ थान, छठ सेवा समिति बिर्तामोडबाट ५ थान, बुद्धि घिमिरेबाट ४ थान, त्यसैगरी सौर्यबत्ती जडान उपभोक्ता समितिबाट ३ थान, स्वर्गीय पर्शु सिटौलाको स्मृतिमा छोरा शैलेन्द्र सिटौलाबाट ३ थान, लोकप्रसाद चापागाईंबाट १ थान, प्रल्हाद शिवाकोटीबाट १ थान, विनय डाँगीबाट १ थान, क्रिएटिभ इन्टरनेशनल (एजाज अहमद अन्सारी) बाट १ थान गरी ४० थान सिलिन्डर प्रदान गरिएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए ।

व्यक्तिगत रुपमा एक सय ३० बढी सिलिन्डरको रकम अभियानको खातामा जम्मा भइसकेको छ । योसँगै एक सय ७० बढी सिलिन्डरको रकम जम्मा भइसकेको बताइएको छ । १५ हजारका दरले २५ लाख रुपैयाँभन्दा बढी हुन आउँछ । सहयोग जुट्ने क्रम जारी छ । सहारा नेपाल साकोस र अन्तर्राष्ट्रिय झापाली समाजले यसअघि नै एक÷एक सय वटा सिलिन्डर प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् । उत्साहजनक सहयोग अभियानले लक्ष्यको नजिक पुगिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...