मेचिनगर। झापाको मेचिनगर नगरपालिका–९ का अन्दाजी ४५ बर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो । हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।
योसँगै झापामा एक हप्तामा २ जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ । गत वैशाख ३० गते विहान ५ बजे मर्निङ्वाक जाने क्रममा केर्खा शहिद गेट उत्तरमा कमल ३ का जीतबहादुर खोयाहाङ् लिम्बुको हात्तिकाे आक्रमणबाट निधन भएको थियो ।